आज हरिबोधनी एकादशी । यसै अवसरमा नुवाकोटका विभिन्न धार्मिकस्थलमा बिहानै देखि भक्तजनको भीड लागेको थियो । नुवाकोट र रसुवाको सिमानाामा पर्ने पवित्र त्रिशुली नदीमा स्नान गर्न हजारौँको संख्यामा भक्तजनको भीड लागेको हो ।
त्रिशुली र फलाखु नदीको संगममा पर्ने नुवाकोटको उत्तरगया धाममा स्नान गर्ने भक्तजनको घुइँचो लागेको थियो l स्नान गर्नका लागि नुवाकोटका साथै रसुवा, धादिङ र काठमाडौंबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन त्यहाँ पुगेकाथिए । साथै उक्त स्थानमा मेला समेत लागेको थियो ।
हरिशयनी एकादशी देखि शुरू हुने यस चौमास पर्वमा व्रत बसेका भक्तजनहरुले पनि आज त्रिशुली नदीका विभिन्न स्थानमा तोरण टाँग्ने प्रचलन रहेको छ । उतरगयामा तोरण टाँग्नका लागि विभिन्न जिल्लाबाट बाजागाजा र भजनकीर्तन सहित हजारौँ दर्शनार्थीको भीड लागेको उत्तरगया व्यवस्थापन समितिका एक सदस्यले सेतोघर डट कमलाई जानकारी गराए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij