२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आजदेखि देशभर रुट परमिट खुला

आजदेखि देशभर रुट परमिट खुला

काठमाडौं। सोमबारदेखि देशका विभिन्न स्थानका लागि रुट कायम भएका सवारीको रुट खुला भएको छ । नेपालीहरुको महान चार्ड दशैँ, तिहार, छट लगायत पर्वलाई मध्यनजर गरी सोमबारदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला गरिएको हो ।

दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गर्ने गरिएको छ । आजदेखि धेरै सख्यामा यात्रु काठमाण्डांै उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौंसँग नाका जोडिएका सबै नाकामा गाडीको यान्त्रिक परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ । बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा यान्त्रिक परीक्षण नभएका गाडी दुर्घटनामा पर्ने जोखिम रहेकाले यस्ता गाडीले रुट परमिट नपाउने पनि गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij