२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

आजदेखि अधिकमास शुरु

आजदेखि अधिकमास शुरु

काठमाडौं । आजदेखि अधिकमास अर्थात् मलमास सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो अधिकमास आगामी असार १ गतेसम्म रहनेछ। करिब प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटको अन्तरालमा अधिकमास पर्ने गर्दछ।

ज्योतिषीय गणनाअनुसार सौर वर्ष र चान्द्र वर्षबीच हुने समय अन्तर मिलाउन अधिकमासको व्यवस्था गरिएको हो। एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपरेको महिनालाई अधिकमास वा मलमास भनिन्छ। ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेल का अनुसार चान्द्र महिनाभित्र दुई वटा सङ्क्रान्ति परेमा त्यसलाई क्षयमास भनिन्छ।

धर्मशास्त्रविद् तथा समितिका सदस्य देवमणि भट्टराई ले अधिकमासमा नित्य पूजा, पाठ, जप, ध्यान तथा पहिलेदेखि गरिँदै आएका व्रतलाई निरन्तरता दिन सकिने बताए। तर विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहनिर्माण तथा नयाँ धार्मिक अनुष्ठान सुरु गर्न भने निषेध गरिएको छ।

अधिकमासमा गर्नुपर्ने कार्य
नित्य पूजा, जप, ध्यान र पाठ गर्ने
भगवान् विष्णु तथा नारायणको आराधना गर्ने
पुरुषोत्तम मासको कथा तथा माहात्म्य श्रवण गर्ने
दान, धर्म र सत्कर्ममा सहभागी हुने
चलिरहेको व्रतलाई निरन्तरता दिने

अधिकमासमा गर्न नहुने कार्यहरू
विवाह, व्रतबन्ध, गृहप्रवेश जस्ता माङ्गलिक कार्य नगर्ने
नयाँ व्रत वा धार्मिक अनुष्ठान सुरु नगर्ने
गर्भाधान सम्बन्धी कर्म नगर्ने
बृहस्पति र शुक्र अस्त भएका बेला निषेध गरिएका कार्य नगर्ने

धार्मिक मान्यताअनुसार अधिकमासलाई ‘पुरुषोत्तम मास’ पनि भनिन्छ। विभिन्न धर्मग्रन्थमा भगवान् श्रीकृष्णले यस महिनालाई आफ्नो नामसँग जोडेर विशेष महत्व दिएको उल्लेख गरिएको छ।

अधिकमास सुरु भएसँगै मच्छेनारायण मन्दिर मा विशेष मेला पनि सुरु भएको छ। अधिकमासभर यहाँ लाखौँ भक्तजन दर्शनका लागि पुग्ने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij