
काठमाडौं । आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्व लक्षित अफरकाे नतिजा सार्वजनिक गरेकाे छ ।
आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक उक्त अफर अन्तरगत मेखलाल तामाङ विजेता बनेका छन् ।
मेखलालको सिफारिसमा कम्पनीले बेलीमाया तामाङलाई मंगलबार १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
मंगलबार काठमाडौंको पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।
मेखलालले मलेसियाबाट आईएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij