
आमा बनेर नारी जन्माउँछिन् हामीलाई
कष्ट खपेर लाखौं हुर्काउछिन हामीलाई
कैले जननी बन्दै कैले बन्दै साथी सङ्गी
अनेक रुपको लिला चखाउँछिन् हामीलाई
हुन्न अस्तित्व कुनै कतै पनि उनी बिना
ज्ञान बनेर स्वयं जगाउछिन हामीलाई
कस्मा शक्ति छ यस्तो पीडा भुली हास्न सक्ने
आफू बाँचेर भोकै खुवाउँछिन् हामीलाई
पुरुषोत्तम पौडेल “रसुवा”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij