२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

अापराधिक गतिविधिमा बुबाकाे संलग्नता नरहेकाे नविना लामाकाे दावी

अापराधिक गतिविधिमा बुबाकाे संलग्नता नरहेकाे नविना लामाकाे दावी

अनेरास्ववियुकी अध्यक्ष नविना लामाले अाफ्नाे बुबा  माणिक लामा प्रति भएकाे अमानवीय व्यवहार प्रति खेद प्रकट गरेकी छिन् ।

अाफ्ना बुबालार्इ बिनाकारण शंकाकाे भरमा पक्राउ गर्नु लाेकतान्त्रिक मूल्य र मान्यता विपरीत हुने  उनले बताइन् । कुनै पनि अापराधिक र गलत सन्देश जाने कार्यमा अाफ्ना बुबा संलग्न नभएकाे बताउँदै उनले निर्वाचनकाे समयमा भइरहेका अापराधिक र निर्वाचन भाँड्ने गतिविधिहरू काेइकसैले पनि गर्न नहुने र यसलार्इ नियन्त्रण गर्नकाे निम्ति प्रहरी प्रशासन अर्थात सुरक्षा संयन्त्र समेत बलियाे हुनुपर्ने उनले बताएकी छिन् ।

१३ बर्ष भूमीगत हुनुभएका अाफ्ना बुबा राजनीतिक विचारकाे हिसाबले कुनै पक्षकाे समर्थक हुनुलार्इ असामान्य रूपमा लिनुनपर्ने बताउँदै अध्यक्ष लामाले राती  छापामार शैलीमा घरमा अार्इ बुबालार्इ पक्राउ गर्नुले अाफूसमेत अाश्चर्यमा परेकाे बताउँदै जाे अापराधिक क्रियाकलापमा संलग्न छ उसैलार्इ नै पक्राउ गर्नुपर्नेमा समेत जाेड दिइन् । साथै अाफ्ना बुबा प्रेसर नसा लगायतकाे विरामी समेत रहेकाे कारण राज्यपक्षले विनाकारण दुख दिन नदिन समेत अाग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij