“असाहायका लागि सहयोगी हातहरु नेपाल”ले कैलालीमा अायाेजना गरेकाे एक कार्यक्रममा युवा उध्याेगपति अरूणराज सु्मार्गी पुगेर अायाेजकहरूलार्इ थप हाैसला प्रदान गर्नुभएकाे छ । 
श्रीमती अंकिता सुमार्गि सहित अबलोकन भ्रमणकाे उद्देश्यले कैलाली पुग्नुभएका सुमार्गीले उक्त संस्थालार्इ सक्दाे सहयाेग गर्ने वचनवद्दता दिनुभएकाे छ ।
मानव सेवा अाश्रमकाे शाखा कैलालीमा समेत विस्तार गर्ने याेजना संस्थाकाे छ । यसै परिप्रेक्षयमा मानव सेवा अाश्रमका संरक्षक समेत रहनुभएका सुमार्गी कैलाली शाखाकाे निम्ति निर्माण हुँदै गरेको भवन निर्माणस्थलकाे समेत अवलाेकन गर्नुभयाे । सुुमार्गी सहित टीम बर्दगाेरिया धार्मिक क्षेत्रमा रहेका सबै मठ मन्दिरहरुकाे भ्रमण, दर्शन र पुजापाठ गरेकाे खबर प्राप्त भएकाे छ ।
सुमार्गी सहितकाे टीमलार्इ स्थानीय व्यापारी, समाजसेवा लगायतका ठूलाे सङ्ख्याका व्यक्तिहरूले स्वागत र सम्मान गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij