काठमाडाैं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले यही माघ २८ गते माननीय अर्थ मन्त्री विष्णु प्रसाद पौडेलसँग भेटी अटोमोबाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेकोे नाडाले जनाएको छ ।
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको बताउनुभयो । साथै भेटघाटमा सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे छलफल गर्नुभएको छ ।
उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले आर्थिक बर्ष २०७७-७८ को बजेटले नेपालमा आधिकारिक विक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी साधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ भन्ने नयाँ व्यवस्थाले उत्पादक कम्पनीद्धारा नियुक्त जुनसुकै बिक्रेताबाट पनि सवारी साधन आयात गर्न सक्ने अवस्था कायम रहन गई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको विषयमा माननीय मन्त्रीज्यूलाई जानकारी गराउनु भयो । त्यसैगरी सो छलफलमा नाडाका महासचिव तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरुबारे माननीय मन्त्रीज्यूलाई जानकारी गराउनुभएको थियो ।
उक्त छलफलको क्रममा माननीय अर्थ मन्त्री पौडेलले नेपालमा विद्युतिय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएको सन्दर्भमा अव अटोमोवाइल व्यवसायीहरुले नेपाल मै विद्युतिय सवारी साधनहरुको उत्पादन थाल्नु पर्ने र त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा आफुले गरि दिने बताउनु भएको थियो ।
सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij