२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

अर्थतन्त्र सञ्चालनमा सहकारी क्षेत्रको भूमिका

अर्थतन्त्र सञ्चालनमा सहकारी क्षेत्रको भूमिका

दिल बहादुर महर्जन, अध्यक्ष, कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.

सहकारीको अवधारणा
छरिएर रहेको स–सानो पुँजीलाई संकलन गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र उद्यमशिल वातावरण निर्माण गर्ने मुख्य दायित्व सहित सहकारी संस्था स्थापना हुने गर्दछन् । सहकारीले मूलतः अन्तर्राष्ट्रिय ७ सिद्धान्त भित्र रहेर काम गर्नुपर्छ । मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सहकारीको भूमिका महत्वपूर्ण रहँदै आएको छ । यसकारण ३ खम्बे अर्थनीति अन्तरगत सहकारीलाई पनि एक प्रमुख खम्बाको रुपमा राखिँदै आइएको छ ।

नेपालमा सहकारीको इतिहास
नेपालमा सहकारी वि.सं २०१३ बाट शुरुवात भएको हो । नेपालमा पहिलो सहकारीको रुपमा चितवनमा बखान सहकारी स्थापना भएको थियो । त्यसपछिका दिनहरुमा विभिन्न आरोहअवरोह पार गर्दै सहकारी क्षेत्र अघी बढिरहेको छ । नेपालको अर्थतन्त्रलाई माथि उठाउनमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।

शुरुवाती दिनमा नेपालमा सहकारी स्थापना भएको लामो समय सम्म पनि यो क्षेत्र राम्रोसँग फैलिन र फस्टाउन सकेन । तत्कालिन पञ्चायती व्यवस्थाले सहकारी प्रणालीलाई प्राथमिकतामा राख्न नसकेको कारण सहकारीले राम्रो गति लिन नसकेको हो । २०४६ को परिवर्तन पछि नेपालमा सहकारी क्षेत्रले गति लिएको हो । २०४८ मा सहकारी ऐन निर्माण गरेर कार्यान्वयनमा ल्याइएपछि नेपालमा हजारौं सहकारी संस्थाहरु स्थापित भए । सन् २०२१ को एउटा तथ्याङ्क अनुसार नेपालमा २९ हजार ८ सय ८८ सहकारीहरु मार्फत ७३ लाख सदस्यहरु सहकारीमा जोडिएको पाइएको छ । यस क्षेत्रबाट नेपालमा लाखौं व्यक्तिहरुलाई रोजगारी प्राप्त भएको छ । सहकारी क्षेत्रले नेपालमा मूलतः बचत तथा ऋण सम्बन्धी काम गर्दै आएका छन् । यसको अलावा बहुउद्धेश्यीय सहकारीहरुले उद्यमशिलता प्रवद्र्धन र पेशा व्यवसायलाई विशिष्टकृत बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । नेपालको जिडिपीमा करिब ५ प्रतिशत हिस्सा सहकारी क्षेत्रले योगदान पु¥याउँदै आएको अनुमान छ ।

 

 

समस्या र चुनौती

पछिल्लो समय नेपालमा सहकारी क्षेत्रमा केही समस्याहरु देखिएका छन् । तथापि सबै सहकारी संस्थाहरुले गलत नियतले नै काम गरेका छन् भन्ने होइन । शहरी क्षेत्रका केही ठूलो भनेर चिनिँदै आएका सहकारीहरुले कार्यविधि भन्दा बाहिर गएर संकलित रकमलाई घरजग्गा लगायतका अन्य क्षेत्रमा समेत लगानी गरेको र वर्तमान परिस्थितिमा उक्त रकम उठाउन नसकेको कारण यसबाट समग्र सहकारी क्षेत्रमा समस्या देखिन गएको हो । नेपालका अधिकांश सहकारी संस्थाहरुले आफ्नो नीतिगत दायरा भित्र नै रहेर काम गरिरहेका छन् । केही संस्थाहरुको कमजोरीलाई लिएर समग्र क्षेत्रलाई नै मुछिँदा समस्या सृजना भएको हो ।

सहकारी : अर्थतन्त्रको अभिन्न अङ्ग
हाम्रो संविधानमा नै समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरिएको छ । यसको लागि सहकारीलाई सँगसँगै अघी बढाउनुपर्ने जरुरी रहन्छ । जुनसुकै क्षेत्रलाई पनि नियन्त्रण एवं नियमन गर्ने दायित्व राज्यको नै रहने गर्छ । यदाकदा गल्ति कमजोरी रहेको पाइएमा त्यसलाई सुधार गर्दै लैजानुपर्ने हुन्छ । बजारमा जुन भ्रमहरु सृजना गरिएका छन्, ती सबै सही र यथार्थ छन् भन्ने छैन । राम्रा र नराम्रा दुवै पक्ष हरेक चीजका हुने गर्दछन् । हाम्रो ध्यान मूलतः त्यसबाट प्राप्ति हुने लाभमा केन्द्रित हुनुपर्छ ।

बहुउद्धेश्यीय सहकारीको अनुभव
हामीले शुरुवाती दिनमा यस बहुउद्धेश्यीय सहकारीलाई कीर्तिपुर बचत तथा ऋण सहकारीको रुपमा सञ्चालन गरेका हौं । कार्यक्षेत्रको दायरालाई विस्तार गर्दै लैजाने योजना बमोजिम हामीले यस सहकारीलाई बहुउद्धेश्यीय बनाएका हौं । अहिले हामीले यस सहकारी अन्तरगत सुपरमार्केट, इलेक्ट्रोनिक पसल, खानेपानी उद्योग, फिटनेश सेन्टर लगायतका सहायक सेवा एवं व्यवसाय समेत स्थापना गरेका छौं । अब छिट्टै हामी कृषि सम्बन्धी काममा आफैं सहभागि हुने मनसायले जग्गा खरिद गरेर काम अघी बढाइसकेका छौं ।

यस सहकारीलाई दिगो, व्यावसायिक र उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्ने योजना बमोजिम हाम्रो व्यवस्थापन पक्ष अघी बढिरहेको छ । यस सहकारीमा निकट भविष्यमा करिब १० हजार सदस्यहरु पु¥याउने योजना बमोजिम हामीले काम गरिरहेका छौं ।

सहकारी क्षेत्रलाई व्यवस्थित कसरी बनाउने ?
सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ भन्नेमा सबै सरोकारवालाहरुले जोड दिँदै आएको विषय हो । तथापि सहकारी क्षेत्रको अवधारणा, दायरा र सिमा बारे सबै सहकारी सदस्यहरु अहिले सम्म पनि जानकार भइसक्नुभएको छैन । यसको अलावा सहकारी संस्थामा संलग्न कर्मचारी एवं व्यवस्थापन तहका व्यक्तिहरुको क्षमता अभिवृद्धि, सिप विकास र प्रविधिमा थप अद्यावधिक बनाउँदै लैजानुपर्ने आवश्यकता समेत त्यत्तिकै महत्वपूर्ण रहने गर्छ । जसबाट उनीहरुलाई आन्तरिक रुपमा बलियो बनाउन सहयोग पुग्छ ।

 

 

पछिल्लो समय नेपालमा सहकारी क्षेत्रमा केही समस्याहरु देखिएका छन् । तथापि सबै सहकारी संस्थाहरुले गलत नियतले नै काम गरेका छन् भन्ने होइन । शहरी क्षेत्रका केही ठूलो भनेर चिनिँदै आएका सहकारीहरुले कार्यविधि भन्दा बाहिर गएर संकलित रकमलाई घरजग्गा लगायतका अन्य क्षेत्रमा समेत लगानी गरेको र वर्तमान परिस्थितिमा उक्त रकम उठाउन नसकेको कारण यसबाट समग्र सहकारी क्षेत्रमा समस्या देखिन गएको हो ।

सहकारी संस्थाहरुले मूलतः ७ सिद्धान्तलाई अवलम्बन गरेर सञ्चालनमा आउनुपर्छ । जुन सिद्धान्तहरु यस प्रकार छन् ।

(१) स्वेच्छिक तथा खुला सदस्यता –

सहकारी संस्था एक स्वेच्छिक संगठन भएकोले यसकोे सदस्यता पनि स्वेच्छिक हुन्छ । सहकारीमा जुनसुकै जाति, धर्म र भेषभुषाका मानिसहरुले सहकारीको सदस्यता लिन र आफूलाई मन नपरेमा सदस्यता त्याग्न सक्छन् ।
(२) सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण –

सहकारी संस्थाहरुमा सदस्यहरुद्वारा सदस्यकै लागि प्रजातान्त्रिक नियन्त्रण पद्धति अपनाइन्छ । सोही बमोजिम सबै सदस्यहरुलाई समान मताधिकार हुन्छ ।

(३) सदस्यको आर्थिक सहभागिता –
सहकारी संस्थामा सदस्यहरुले आफ्नो लगानीको आधारमा न्यायिक रुपमा आर्थिक सहभागिता जनाउँछन् । सहकारी क्षेत्र मूलतः सेवामूलक व्यवसाय हो । यसबाट आर्जित मुनाफालाई सदस्यहरुकै हित अर्थात् संस्थामा जगेडा कोष खडा गर्न, ऋण सुरक्षण कोष स्थापना गर्न, संस्थाको विकास गर्न, सदस्यहरुलाई राहत दिन र सदस्यहरुद्वारा स्वीकृत विभिन्न कार्यक्रमहरुमा खर्च गर्ने व्यवस्था गरिन्छ ।

(४) स्वायत्तता र आत्मनिर्भरता

– सहकारी संस्था एक स्वायत्त निकायको रुपमा रहेको हुन्छ । प्रचलित सहकारी ऐन, नियम तथा कानुनसँग नबाझिने गरी यसको सञ्चालन, सम्वद्र्धन गर्न आफ्नो नीति तथा कार्यक्रम आफँै बनाउन र लागू गर्न सकिने व्यवस्था रहेको हुन्छ ।

(५) शिक्षा, तालिम र सूचना –
सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्न र आफ्ना सदस्यहरुलाई सुसूचित गराउन विभिन्न खालका शिक्षा तथा तालिम कार्यक्रमको आयोजना गर्न सकिन्छ ।

(६) सहकारी संस्थाहरुका बीच सहयोग –
सहकारी संस्थाहरु बीच आपसमा सहयोगहरु आदान प्रदान गरी स्वस्थ प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नु जरुरी रहन्छ ।

(७) समुदायप्रति चासो –
सहकारी संस्थाहरुले समुदायसँग मिलेर, समुदायको आवश्यकतामा समेत हातेमालो गर्नुपर्छ । हामीले यस सहकारी मार्फत कीर्तिपुरमा पानीको समस्या समाधान, जात्रा एवं पर्व सञ्चालन लगायत क्रियाकलापमा विगत देखि नै काम गर्दै आइरहेका छौं ।

सहकारी मार्फत उत्पादनसँग जोडिँदा निम्तिने समस्याहरु
नेपालमा राज्यले उद्योग व्यवसाय स्थापनाको लागि शुरुवाती चरणमा नै झण्झटिला प्रावधानहरु राख्दै आएको छ । एउटा संस्था वा कम्पनी स्थापना हुँदा नै विभिन्न सरकारी निकायहरुमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसलाई सहजीकरण गर्नको लागि एकद्वार प्रणाली लागु गर्नु जरुरी रहन्छ । नेपालमा उत्पादित वस्तुको बजार मूल्य सुनिश्चित नहुनु र बजारको समेत सुनिश्चितता नहुनुले उद्यमशिल वातावरण निर्माणमा सहयोग पुग्न सकेको छैन । सबै सरोकारवालाहरुमा वित्तीय ज्ञानको राम्रो पहुँच पुग्न नसक्नुले वित्तीय कारोवारमा समस्या सृजना हँुदै आएको छ ।

वित्तीय सचेतनाको आवश्यकता
नेपालमा अहिले सम्म पनि अधिकांश व्यक्तिहरु वित्तीय साक्षरता अर्थात वित्तीय ज्ञानबाट टाढा छन् । वित्तीय ज्ञान बिना आफूले कुनै वित्तीय संस्थाबाट किन ऋण लिने र आफूले लिएको ऋण रकम कुन प्रयोजनको लागि कसरी उपयोगमा ल्याउने र त्यसबाट लाभान्वित हुने भन्नेमा स्पष्ट हुन सकिँदैन ।

कुनै निश्चित प्रयोजन बिना ऋण लिँदा त्यसले ऋणीलाई क्षणिक रुपमा रमाइलो अनुभुति भएपनि दीर्घकालिन रुपमा निकै गम्भीर समस्या सृजना गर्न सक्छ । अहिले सम्म औपचारिक शिक्षामा समेत वित्तीय ज्ञान बारे सिकाइएको छैन । नेपाल सरकार मातहतका निकायहरु एवं वित्तीय कारोबारमा संलग्न संस्थाहरुले पनि यसमा प्रयाप्त काम गर्न सकेका छैनन् । केही वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यस किसिमको ज्ञान र चेतना फैलाउने प्रयाश गरेका भएपनि त्यो अप्रयाप्त छ ।

वित्तीय ज्ञान कसलाई चाहिन्छ ?
अहिलेको भौतिक जगतमा वित्तीय ज्ञानबाट सबै वर्ग समुदायका व्यक्तिहरु सुसुचित हुनु जरुरी रहन्छ । शिक्षक, विद्यार्थी, जागिरे, व्यवसायी, उद्यमी, डाक्टर, इन्जिनियर लगायत जुनसुकै क्षेत्रका व्यक्तिहरुको लागि पनि वित्तीय ज्ञान अनिवार्य हुन्छ । वित्तीय चेतनाले आफूसँग कुन श्रोतबाट पैसा कसरी आउँदैछ र कहाँ कसरी खर्च हुँदैछ ? आम्दानी र खर्च बीचको तालमेल कस्तो छ भन्ने कुरा बताउँछ । कुन खर्चलाई बढाउने, कुनलाई नियन्त्रण भित्र राख्ने, भविष्यमा आउन सक्ने चुनौतीहरु सामना गर्न कसरी सन्तुलन मिलाउने भन्ने सम्बन्धमा पनि यसले हामीलाई सहयोग गर्छ ।

 

नेपालमा अहिले सम्म पनि अधिकांश व्यक्तिहरु वित्तीय साक्षरता अर्थात वित्तीय ज्ञानबाट टाढा छन् । वित्तीय ज्ञान बिना आफूले कुनै वित्तीय संस्थाबाट किन ऋण लिने र आफूले लिएको ऋण रकम कुन प्रयोजनको लागि कसरी उपयोगमा ल्याउने र त्यसबाट लाभान्वित हुने भन्नेमा स्पष्ट हुन सकिँदैन ।

वित्तीय साक्षरता सबैको दायित्व हो ः
वित्तीय साक्षरता विकास गर्ने दायित्व राज्यका सबै निकायहरुका रहन्छ । वित्तीय कारोबारमा संलग्न बैंक एवं सबै किसिमका वित्तीय संस्थाहरु यस कार्यमा संलग्न हुनुपर्छ । हामी पनि यस कार्यमा सहकार्य गर्न तयार छौं ।

अन्त्यमा
अहिले राज्यले कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण लगायतका निकायहरु स्थापना भएका छन् । तथापि अहिले सम्म यी निकायहरुले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् । जसले गर्दा वित्तीय संस्थाहरु त्रासमय स्थितिमा काम गर्नुपर्ने अवस्था छ । नेपालमा बैंकहरुको लागि मुख्य अभिभावकीय निकाय नेपाल राष्ट्र बैंक भएजसरी सहकारी संस्थाहरुले बलियो अभिभावकीय निकाय पाउन सकेका छैनन् । अब त्यस किसिमको निकाय स्थापना गर्नुपर्ने जरुरी छ । जसले सहकारी क्षेत्रलाई बचाउने र बचतकर्ताहरुको सुरक्षा गर्ने सम्बन्धमा पनि प्रभावकारी रुपमा भूमिका निर्वाह गर्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij