२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

अमेरीकाले कोरोना नियन्त्रण गर्न नसक्नुमा यस्ता छन् कारण, नोम चोम्सकी भन्छन्ः

अमेरीकाले कोरोना नियन्त्रण गर्न नसक्नुमा यस्ता छन् कारण, नोम चोम्सकी भन्छन्ः

विश्वकै प्रख्यात विष्लेषक, आधुनिक भाषा संज्ञानका पिता, दार्शनिक एवं लेखक नोम चोम्सकी शेक्सपियर र बाईबल पछिका चर्चित लेखक गनिन्छन् । तीनै चोम्सकीले अहिले अमेरीकामा बढेको कोरोना र नियन्त्रणका लागि भएको प्रयासबारे राजनीतिक व्यवस्थासगँ जोडेर केही तर्क अघि सारेका छन् ।

उनका अनुसार अहिले राष्ट्रपति ट्रम्पले कोरोनाको केन्द्र बनेको अमेरीकामा वासिग्टनका शासक अर्थात डोनाल्ड ट्रम्पले कडा कदम चाल्न नसक्नु स्तव्धपूर्ण छ , जब कि यस्ता भाईरस र महामारीहरु आईरहन्छन् भन्ने पहिला देखि नै थाहा छ ।

यसको मुख्य कारण नवउद्धारवादी कट्टरपन्थ हो , यसले निजी पूजिपति वर्गलाई अनुदान दिन्छ, हस्तक्षेप हैन । पूजिपति वर्गले फाईदाका लागि काम गर्दछ । त्यसकारण हस्तक्षेप हुन सकेन महामरी विरुद्ध ।

त्यसै कारणले अमेरीकाका औषधी कम्पनीहरुले फाईदा नहुने भएरै पूर्व तयारी गरेनन् । राष्ट्रपतिले श्वास्थ्य कोषहरुमा कटौती गरे र अहिले अमेरीकीहरु स्तव्ध छन् ।

अहिले अमेरीकामा पर्याप्त परीक्षण समेत भईरहेको छैन र स्पष्ट तथ्यांक र तथ्यहरु समेत दिन सक्ने अवस्थामा देखिदैन , चोम्सकीले भने ।
कोरोना भाईरस फैलिनुमा चीन जिम्मेवार रहेको अमेरीकी आरोपको समेत खण्डन गर्दै चोम्सकीले चीनले शुरुमै यो नयाँ भाईरस फैलिएको भनेर विश्व स्वास्थ्य संगठनलाइ दिएको,तर यसलाई पश्चिमाहरुले वेवास्ता गरे र अहिले शिकार भईरहेका छन् ।
यी सबै कुराको समस्या भनेको नवउद्धारवादी प्रणाली हो । जसमा राज्यको हस्तक्षेपकारी भूमिका हुदैन । मलाई लाग्छ , अमेरीकामा अनुमान गरिए भन्दा पनि बढी यो भाईरसले संकट ल्याउदैछ । चोम्सकीले भने ।
प्राभ्दारिपोर्टबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij