२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

अब दुई कार्यकाल सम्म मात्र बीमा कम्पनीको सञ्चालक बन्न पाइने

अब दुई कार्यकाल सम्म मात्र बीमा कम्पनीको सञ्चालक बन्न पाइने

काठमाडौं । बीमा कम्पनीमा लगातार दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने भएको छ ।

बीमक कम्पनीहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिक संशोधन गर्दै बीमा समितिले यस्तो व्यवस्था गरेको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संशागत सुशासन बलियो बनाउन निर्देशिकामा संशोधन गरिएको बताए । यो व्यवस्थाले बीमा कम्पनीहरुमा अझ धेरै पारदर्शिता हुने उनको दाबी छ ।

नेपाल लाइफ इन्स्याेरेन्समा सर्वसहमति जुटाएर हालका वर्तमान अध्यक्ष गोविन्दलाल संघाईलाई पुनः अध्यक्ष बनाउने तयारी गरिएको समयमा गरिएकाे यस्ताे निर्णयलाइ अर्थपूर्ण रुपमा हेरिएकाे छ ।

अब नयाँ योजना बनाएर सञ्चालकमा नयाँ अनुहार ल्याउने गरी आइतबार साझ नै सञ्चालकहरुबीच छलफल गर्ने तयारी छ । छलफलमा सञ्चालक कसलाई बनाउने भन्ने विषयमा ठूला लगानीकर्ताहरुबीच विवाद भए भोलिको साधारणभा केही पर धकेल्न सकिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij