– कमल पन्थी
मानवीय मष्तिष्कमा २ ओटा खण्डहरु हुने गर्छन् । जसमध्ये एउटा चेतन मष्तिष्क हो अर्को अवचेतन । चेतन मष्तिक अन्तरगत बुद्धि, विचार, तर्क, गणित लगायत पर्छन् । यसलाई बौद्धिक मष्तिष्क अर्थात लजिकल माइण्ड समेत भन्ने गरिन्छ । पूर्ण मष्तिष्क मध्ये यसको क्षमता करिब १० प्रतिशत मात्र हुने गर्छ । अर्को अवचेतन मष्तिष्कमा रचना, कल्पना, भावना, सपना, परिकल्पना लगायत पर्छन् । यसलाई रचनात्मक मष्तिष्क समेत भन्ने गरिन्छ । यसको शक्ति करिब ९० प्रतिशत हुने गर्छ ।
चेतन मष्तिष्कबाट भित्र प्रवेश गरेको विचारलाई जस्ताको त्यस्तै स्वीकारेर सयौंं गुणा वृद्धि गराइदिने काम अवचेतन मष्तिष्कले गर्दछ । यसकारण सफलता अर्थात लक्षित उपलब्धि हासिल गर्नको लागि यी २ मष्तिष्क बीच सन्तुलित अन्तरक्रिया हुनु जरुरी हुन्छ ।
चेतन र अवचेतन बीच अन्तरक्रिया
चेतन भाग मष्तिष्कको त्यो भाग हो, जहाँ हाम्रो मष्तिष्कले हरेक सूचनालाई क्षणिक (छोटो समयको लागि) भण्डारन गर्छ । बाहिरबाट प्राप्ति गरेका सूचना–विचारलाई छनौट÷फिल्टर गरेर भित्री अवचेतन मष्तिष्क सम्म पुर्याउने काम गर्छ ।
सूचना प्राप्तिका माध्यमहरुः ५ इन्द्रिय
आँखा (दृष्य)
नाक (घ्राण शक्ति)
कान (श्रवण)
जिब्रो (स्वाद)
छाला (स्पर्श)
प्रार्थनाको शक्ति
लक्षित उपलब्धि हासिल गर्नमा प्रार्थनाको ठूलो महत्व रहेको हुन्छ । हामी अधिकांश व्यक्तिहरु अप्ठ्यारो अवस्थामा मात्र प्रार्थना गर्दछौं । प्रार्थनाबाट अप्ठ्यारोमा मात्र नभई सहज अवस्थामा पनि लाभ लिन सक्छौं । लक्षित उपलब्धि हासिल गर्नको लागि सही तवरले प्रार्थना गर्नु जरुरी हुन्छ । पूर्ण विश्वास र समर्पण सहित गरिएको प्रार्थनाले हामीलाई गञ्तव्यको नजिक पुर्याउँछ ।
अवचेतन मष्तिष्क मष्तिष्कको त्यो अंश हो, जहाँ हाम्रो जन्म भए देखिका हरेक घटना र स्मरणहरु भण्डारन भएका हुन्छन् । हाम्रो स्वभाव र बाँकी जीवन त्यसैअनुसार चल्ने गर्छ । हाम्रा विगतका ज्ञान, अनुभव, विचार र संस्कारको आधारमा हाम्रो अवचेतन मष्तिष्कमा एउटा प्याटर्न अर्थात् नक्सा निर्माण भएको हुन्छ । त्यही नक्सा अनुसार नै हाम्रो बाँकी जीवन पनि चल्ने गर्दछ । यसकारण हाम्रो मष्तिष्कमा कस्तो नक्सा निर्माण भएको छ भन्ने कुरा हामी आफैंले पहिचान गर्न सक्नुपर्छ । यसको लागि आत्मनिरीक्षण अर्थात् आत्मविष्लेषण निकै महत्वपूर्ण हुने गर्दछ । हाम्रो मष्तिष्कमा गडेका मूल्य, मान्यता, र कोर प्रोग्रामलाई बुझेर मात्र हामीले आफ्ना बाँकी विषयवस्तुहरुमा आवश्यकता अनुसार बदलाव ल्याउन सक्छौं ।
हामी अधिकांश व्यक्तिले सकारात्मक अवस्थामा रहनुपर्छ । चिन्ता गर्नु हुँदैन भनेको त सुन्दै आएका छौं । चिन्तामुक्त रही सकारात्मक अवस्थामा रहने तरिका भने हामीलाई खासै कसैले पनि सिकाएको पाउँदैनौं । सकारात्मक रहनको लागि हामीले सचेत रुपमा केही प्रयत्न अवश्य गर्नुपर्छ ।
केही महत्वपूर्ण तथ्यहरु
हाम्रो सोचाईले कुनै कामलाई वास्तविक बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
कुनै सोचाई सँगै मष्तिष्कमा चित्र निर्माण हुने गर्छ । त्यस चित्रले मष्तिष्कमा सोही किसिमको फ्रिक्वेन्सी र भाइब्रेसन उत्पन्न गराउँछ ।
संसारमा रहेका हरेक वस्तुहरु उर्जा स्वरुपमा हुने गर्दछन् । ऊर्जाका २ स्वरुप हुने गर्दछन्, तरङ्ग (वेभ) र पदार्थ (म्याटर) । हामीले जे कुरा सोच्छौं, ती चिजवस्तुहरु पहिले तरङ्ग स्वरुप हुँदै पछि पदार्थको रुपमा बदलिन्छन् ।
एक पटक स्मरण गरौं त, के हामीले यसरी कहिल्यै सोचेका छौं ?
मलाई कहिल्यै पनि कुनै किसिमको दुख आइनपरोस् ।
आज मलाई ढिलाई नहोस् ।
हे इश्वर, मैले हार्नु नपरोस् ।
भगवान, मलाई कहिल्यै रोग नलागोस् ।
मलाई पैसाको कमी नहोस् ।
म गरीब छु । म कमजोर छु ।
यसरी सोच्दा हाम्रो मष्तिष्कले सम्बन्धित क्षेत्रका शक्तिशालि चित्रहरु खोजी गर्छ । यहाँ हामीले नहोस् भन्ने शब्द प्रयोग गरेपनि मष्तिष्कले व्याकरणको अर्थ बुझ्दैन, यसले केवल मुख्य भाव अनुसारको चित्र खोजी गरेर त्यसै किसिमका अवस्था, घटना हाम्रो लागि सृजना गरिदिन्छ ।
यसकारण यी वाक्यलाई यसरी पनि सोच्न सकिएला कि ?
यसरी सोच्दा हाम्रो मष्तिष्कमा राम्रा चिजहरुको चित्र निर्माण हुन्छ । यसकारण सोही बमोजिमका राम्रा घटना, परिस्थितिहरु हामी तर्फ आकर्षित हुने गर्दछन् ।
यसकारण कुनै सूचना वा सन्देश मष्तिष्कमा पठाउने समयमा राम्रोसँग त्यसको प्रभाव समेतलाई विचार गर्ने गरौं । जसबाट हामीले चाहे बमोजिमकै अवस्थाहरु सृजना गर्न हाम्रो अवचेतन मष्तिष्क सफल हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij