
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।
कम्पनीले हकप्रदमा अवितरित सर्बसाधारण समुहको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता लिलाम गर्न लागेको हो ।
यस लिलामीको शेयरमा पुस २९ गतेसम्म आवेदन दिन सकिने छ ।
यस लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। तर दशमलवमा शेयरको लागि आवेदन दिन पाइने छैन । ५ लाख भन्दा बढी रकम आवेदन दिनेले अनिवार्य प्यान नम्बर उल्लेख गर्नु पर्ने छ ।
कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।
कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १:१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्काशन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता शेयर बाँडफाँट गरिएको थियो । सर्वसाधारण समुह तर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर कम्पनीले लिलाम गर्न लागेको हो । संस्थापक समुहतर्फ भने पुरै शेयर हकप्रदमा बिक्री भएकोले लिलामीमा आएको छैन ।
शेयर लिलाम प्रक्रियाको लागि नागरिक लगानी कोष बिक्री प्रबन्धक र सनराइज क्यापिटल सह बिक्री प्रबन्धक रहेको छ। नागरिक लगानी कोष,नयाँ बानेश्वर, सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका शाखा कार्यलयहरु विराटनगर, धरान, विरगञ्ज,जनकपुर,हेटौडा,नारायणगढ, पोखरा,बागलुंग,बुटवल,नेपालगञ्ज,सुर्खे, धनगढी, चरिकोटबाट उक्त शेयरमा आवेदन दिन सकिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij