पोखरा। विश्व प्रख्यात पर्यटक पदमार्ग अन्नपूर्ण आधार शिविरको देउराली र हिङ्कु गुफाको बीचमा गत माघ ३ गते हिउँपहिरोमा पुरिएर बेपत्ता भएकामध्ये आज शनिवार थप २ जनाको शव फेला परेको छ ।

गत माघ ३ गतेको हिउँपहिरोमा ४ कोरियाली पर्यटकसहित ३ जना नेपालीको ज्यान गएको थियो । पहिरोमा परी बेपत्ता भएको दुई जनाको शव मोदीखोला भन्दा केहि माथी देखिएको स्थानीयले बताएका छन् । उक्त दुईवटा शव कोरियाली पर्यटकको हुनसक्ने समेत स्थानीयले बताएका छन् ।
प्रहरी लगायत सरोकारवालाहरुलाई खबर पुगिसकेको र भोलि आइतवार शवलाई पहिरोबाट बाहिर निकालिने समेत एक स्थानीयले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij