काठमाडौं, २३ माघः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) विच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न पारस्परिक सहकार्य गर्ने सहमति भएको छ ।
मंगलबार एक कार्यक्रमबिच तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमति भएको हो । उक्त सहमति अनुसार आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरु सृजना गरी आवश्यक सुधार गर्ने भनिएको छ ।
दुई निकायहरु विच भएको यस्तो पारस्परिक सहमतिले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकहरुको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षा समेत राखिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij