२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

अटोमेकानिक्स क्षेत्रलाई व्यवस्थित बनाउन गर्नुपर्ने पहल

अटोमेकानिक्स क्षेत्रलाई व्यवस्थित बनाउन गर्नुपर्ने पहल

पछिल्ला बर्षहरूमा नेपालमा वर्कशप व्यवसाय निकै नै चुनाैतीपूर्ण बन्दै गएकाे छ । विश्वमा नयाँ-नयाँ प्रविधिकाे विकास भइसक्दा पनि नेपालमा भने वर्कशपमा अाधुनिक प्रणाली भित्र्याउन भने सकिएकाे छैन । याे क्षेत्रमा अहिले पनि व्यवसायीहरू अापसमा छरिएर नै रहेका छन् । अटाे क्षेत्रलार्इ व्यवस्थित बनाउनकाे निम्ति अटाेभिलेजकाे समेत अावश्यकता हुँदाहुँदै अटाे भिलेजकाे विकासमा न त व्यवसायीहरूले निकास दिन सकिने किसिमले पहल गर्न सकेका छाैं न त राज्यले नै यस क्षेत्रलार्इ व्यवस्थित गर्नकाे निम्ति कुनै चासाे देखाएकाे छ । यद्यपि व्यवसायीहरू एकजुट नहुने हाे भने अबका दिनमा याे क्षेत्र अझ चुनाैतीपूर्ण बन्ने निश्चित छ ।

वर्कशपका कठिनाईहरु ः
अहिले नेपालमा अटोमोबाइल अन्तरगतको एउटा क्षेत्रको रुपमा रहेको वर्कशप सञ्चालन गर्नको निम्ति असहज अवस्था छ । नेपालमा यस क्षेत्रमा काम गर्ने कामदार पाउन अति नै मुस्किल छ । कुनै निश्चित क्षेत्र निर्धारण गरेर त्यस क्षेत्रमा वर्कशप सञ्चालन गर्न सकिने अवस्था नभएको कारणले गर्दा पनि यो क्षेत्र व्यवस्थित तवरले सञ्चालन हुन सकेको छैन । सबै अटोमेकानिक्स

अनिल गजुरेल
अध्यक्ष
काठमाडांै सार्वजनिक पिकअप ढुवानी व्यवसायी संघ

व्यवसायीहरुको हकहितको निम्ति काम गर्ने उद्धेश्यले स्थापित नेपाल अटोमेकानिक्स व्यवसायी संघले अब कसरी यस क्षेत्रलाई अघी लैजाने भन्ने सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था सहित काममा लाग्नु जरुरी छ ।

व्यवसायीहरु राज्यको नीतिभित्र नै रहनुपर्छ ः
राज्य सँग कुनै कुरा माग गर्नु भन्दा पहिले हामी राज्यका नीतिहरुको पालना गरेको हुनुपर्छ । कुनै व्यक्तिले एकजनाले मात्र बोलेर त्यसको सुनुवाई हुन नसक्ने भएको कारणले गर्दा नै संघ मार्फत त्यस किसिमले नीतिगत व्यवस्थाको पहल गर्नु जरुरी छ । यसैकारण राज्यलाई तिर्नुपर्ने कर तिर्नु, व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नु, कानुनी दायरामा आउनु लगायतका कुराहरु व्यवसायीले पालना गर्नु जरुरी छ । व्यवसायलाई दर्ता गरेर सञ्चालन गर्ने हो भने मात्र नेपालमा वर्कशप व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ ।

दक्ष कामदार पाउन र टिकाउन गाह्रो ः कम तलब नै प्रमुख कारण

अहिलेको अवस्थामा अटोमेकानिक्स वर्कशपमा लामो समय कामदारलाई टिकाउन सकिने अवस्था छैन । कुनै एक ठाऊँमा काम गरिरहेका कर्मचारीहरु पनि अर्को वर्कशपमा तुलनात्मक रुपमा राम्रो तलब सुविधा पाएको खण्डमा सजिलै जाने अवस्था छ । नेपालमा भएका कामदारहरु विदेश पलायन हुने परम्परा पनि यस व्यवसायको निम्ति ठूलो चुनौती बनेको छ । नेपालमा अहिले वर्कशपमा काम गर्ने कामदारहरुले आफुलाई आवश्यक पर्ने न्यूनतम ज्याला समेत पाउन नसकेको कारणले यो समस्या आएको हो । त्यसैकारण न्यूनतम सेवा सुविधा तोकेर कर्मचारी तथा सन्तुष्ट बनाउनु जरुरी रहन्छ । कम तलबको कारणले गर्दा नै नेपालमा काम सिकेपश्चात् विदेशिने प्रचलन बढेको हो ।
तर अहिलेकै अवस्थामा नेपालमा रहेर काम गरिरहेका कामदारहरुलाई तलब बढाउन सम्भव छैन । तलब बढाउन त्यस बेला सम्भव हुन्छ, जब वर्कशपमा काम गर्ने क्रममा सबै कामको निम्ति स्तर निर्धारण गरेर सेवा शुल्क तय गरिन्छ । अहिले नेपालका अन्य सबैजसो क्षेत्रमा सेवा शुल्क तोकिएको अवस्थामा वर्कशपको क्षेत्रमा सेवा शुल्क नतोकिनु दुःखको कुरा हो ।
जरूरी छ मापदण्डको स्पष्ट व्यवस्था ः राज्य वा संघ (कुनै एक मार्फत)
नेपाल सरकार अथवा नेपाल अटोमेकानिक्स व्यवसायी संघ, कुनै एक निकायले निश्चित मापदण्डको आधारमा मात्र ग्यारेज सञ्चालन गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याउनु जरुरी छ । न्यूनतम पुँजीको समेत प्रावधान राख्ने हो भने मात्र सानो लगानीमा वर्कशप सञ्चालन गर्ने प्रचलन रोकिन जाने र स्तरीय वर्कशप सञ्चालन गर्न सकिने अवस्था सिर्जना हुन सक्छ ।
दीर्घकालिन योजनाको साथ नीति निर्धारण गर्नु आवश्यक ः
कुनै राम्रो कामको शुरुवात गर्ने क्रममा शुरुमा केही समस्याहरु आउन सक्छन् । तर दीर्घकालिन योजनाको साथ कुनै स्पष्ट नीति ल्याउने हो भने विस्तारै त्यसै बमोजिम हिंड्ने संस्कारको विकास हुन जान्छ । विगत केही बर्ष पहिले देखि नेपाल राष्ट्र बैंकले बैंकहरुको मर्जर सम्बन्धमा नीति ल्याएको थियो, शुरुमा उक्त नीतिको निकै नै विरोध भयो । विरोध नभएको होइन, तर अहिलेको अवस्थामा नेपालमा बैंकिङ क्षेत्र निकै नै सबल भएको छ, त्यसरी नै वर्कशप क्षेत्रलाई पनि व्यवस्थित बनाउनको निम्ति राज्य अन्तरगतका निकायबाट नै कडा व्यवस्था लागु गर्नुपर्छ ।
ग्यारेजमा शैक्षिक जनशक्ति ः
अहिले सम्म नेपालका ग्यारेजहरुले नयाँ प्रविधिको अबलम्बन गर्न सकेका छैनन् । नयाँ प्रविधि अनुसार नेपालमा खासै काम हुन सकेको छैन । तर अबका दिनमा पनि नयाँ प्रविधि अनुसार वर्कशप सञ्चालन नगरी पहिलेझैं हातमा कालोमैलो लगाएर हथौडाले ठोकेर काम गर्ने हो भने कामदार पाउन सकिने अवस्था रहँदैन । त्यसैकारण नयाँ प्रविधि बमोजिम काम गर्नु अत्यन्तै आवश्यक छ । अहिले नेपालमा सिटिइभिटी लगायतका केही संस्थाहरुले औपचारिक शैक्षिक तालिम प्रदान गर्ने काम पनि गर्दै आएका छन् । नेपालमा भएका ठूला संस्थाहरुले पनि त्यो पहल गरेका त छन्, तर त्यो प्रयाप्त भने छैन ।
उपभोक्ता पनि जागरुक हुनुपर्छ ः
नेपालमा सञ्चालनमा रहेका पुराना र स्तरीय ग्यारेजहरुमा स्ूतरीय काम हुँदै आएको छ । उपभोक्ताले नै गएर सामान गाडीका पार्टस्पुर्जाहरु किन्ने वा परिवर्तन गर्ने हो उपभोक्ताले भने स्तरीय सेवा पाउन सक्छन् । तर नयाँ सञ्चालनमा आएका साना ग्यारेजहरु कम मूल्यमा काम गर्न तयार देखिएपनि नयाँ व्यवसायीहरुबाट स्तरीय काम हुन सकेको छ कि छैन भन्ने सम्बन्धमा पनि उपभोक्ताहरु जानकार हुनैपर्छ ।

भारतीय बजारको प्रभाव ः
भारतमा गाडी बनाउने साथै सामान समेत विक्री गर्ने उद्धेश्यले ौ निेपाल लगायतका देशहरुस पनि भारतले नै दिने लगायतका कारणले गर्दा नेपालमा अहिले हरेक गाडी मोडल बमोजिम छुट्टाछुट्टै पार्टस्हरु लाग्ने अवस्था छ । यसले गर्दा अटो पार्टस्, मेन्टेनेन्स्, उपकरण लगायतको निम्ति निकै ठूलो रकम लगानी गर्नुपर्ने अवस्था छ । भारतले आफ्नो निम्ति ल्याएको नीतिको कारण अहिले नेपालमा वर्कशपको क्षेत्रमा पनि लगानी बढ्ने क्रममा छ ।

आवश्यकता बनेको अटो भिलेज ः
अहिले उपत्यकामा शहरको विकास सँगै व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था छ । यसै कारण अहिले चक्रपथ भन्दा बाहिरी भागमा व्यवस्थित रुपमा जग्गा उपलब्ध गराउने काम राज्यले गर्ने हो भने यस क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिन्छ भन्ने हाम्रो धारणा हो । अहिलेको अवस्थामा चक्रपथ भित्र यो काम सम्भव पनि छैन । तर काठमाडौं उपत्यकामा चक्रपथ भित्र पनि निकै ठूलो क्षेत्र भएको कारणले गर्दा चक्रपथ भित्र विग्रेको गाडी कसरी ग्यारेज सम्म पु¥याउने अवस्था रहला भन्ने कुरा प्रश्न उठेको छ । यस्तो अवस्थालाई अन्त्य गर्नको निम्ति वर्कशप सञ्चालकले नै छुट्टै गाडीको व्यवस्था गर्नु जरुरी रहेको छ ।
अहिलेको अवस्थामा न्यूरोड क्षेत्रमा गाडीहरु बढी गुड्छन्, त्यसैकारण न्युरोडमा नै ग्यारेजको व्यवस्था गर्नुप¥यो भन्ने हो भने हास्यास्पद हुन सक्छ । तर कुनै समयमा न्यूरोडमा पनि ग्यारेज नभएका होइनन् तर हामी समयक्रम अनुसार चल्न सक्नुपर्छ । अहिलेको अवस्थामा सम्भव नरहेको यस विषयमा हामीले अडान राख्नु उपयुक्त पनि हुँदैन ।
अहिले सञ्चालनमा रहेका ग्यारेज व्यवसायीको अवस्था ः
अहिले कम्तीमा जग्गावालाबाट २ देखि ५ बर्ष सम्मको जग्गा भाडामा लिएर व्यवसायीले काम गर्नुपरेको छ । त्यसमा पनि व्यवसायीहरु जग्गावालासँग निहुरिनुपर्ने अवस्था छ । केही बर्षको निम्ति जग्गा लिइसके पश्चात् पहिलेको समय सकिए पश्चात् नयाँ सहमति गर्न सकिने अवस्था न्यून छ ।
यसको साथै काठमाडौंको रिङरोड बाहिर अटोमेकानिक्स व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था छ । रिङरोड बाहिर पनि यस किसिमको समस्या त कायम नै रहन्छ । अहिले नै पछि आउन सक्ने समस्याको ख्याल गरेर व्यवसायलाई मर्यादित बनाउनको निम्ति पहल गर्नु जरुरी छ ।

काे हुन् अनिल गजुरेल ?

वि.सं २०५३ देखि चालकको रुपमा अटोमोबाइलको क्षेत्रमा प्रवेश गरेका अनिल गजुरेल हाल काठमाडांै सार्वजनिक पिकअप ढुवानी व्यवसायी संघका अध्यक्ष हुनुहुन्छ । २०५५ देखि ड्राइभिङ सेन्टर सञ्चालन गर्नुभएका गजुरेल ड्राइभिङ स्कुल संघ नेपालका पुर्व अध्यक्ष पनि हुनुहुन्छ । नेपाल अटोमेकानिक्स व्यवसायी संघका कार्यसमिति सदस्य समेत रहनुभएका गजुरेलले ड्राइभिङ क्षेत्रलाई पहिलो प्राथमिकता, पिकअप तथा ढुवानीलाई दोस्रो प्राथमिकता र ग्यारेजलाई तेस्रो प्राथमिकतामा राखेर काम गर्दै आउनुभएको छ । गुरु शिष्यको सम्बन्ध रहने कारणले गर्दा ड्राइभिङ क्षेत्र ऊहाँको पहिलो प्राथमिकतामा परेको हो ।

याे पनि पढ्नुहाेस् ः

१. नयाँ प्रविधि बमोजिम काम गर्न नसकिएको क्षेत्र ः अटो मेकानिक्स व्यवसाय

२. अटोमेकानिकल वर्कशप कसरी व्यवस्थित गर्न सकिन्छ ?

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij