२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

अचम्मकाे पोलिटिक्स : खाउँला भनी बसेका सबै भयौँ ढुस्

– राजन प्रसाद पाेखरेल

पोलिटिक्स पोलिटिक्स त काँ गाको थिस्
मैले गर्या भित्री खेल तैले बुझ्या थिस् ???
ढुस् ढुस् ढुस् खाउँला भनी बसेका सबै भयौँ ढुस्
पावर देख बार्दलीको सबै भए बेलुन झै फुस् फुस् फुस् ।
एक रन होइन दुई रन होइन सिधै हानेँ सिक्स
यति खेल नि नबुझ्ने देउवा कहाँ थिस् ???
ढुस् ढुस् ढुस् खाउँला भनी बसेका सबै भयौँ ढुस्
पावर देख बार्दलीको सबै भए बेलुन झै फुस् फुस् फुस् ।
नजित्ने खेल खेल्दिन म तैंले बुझ्या खोई ?
सबै गुम्या पार्टीको केन्द्र प्रदेश दुवै हाइ हाइ ।
ढुस् ढुस् ढुस् खाउँला भनी बसेका सबै भयौँ ढुस्
पावर देख बार्दलीको सबै भए बेलुन झै फुस् फुस् फुस् ।
प्रचण्ड नि बबुरा हुन् लाउछु तह उनलाई
मलाई जित्ने हिम्मत आउँदो रैछ कसलाई ??
ढुस् ढुस् ढुस् खाउँला भनी बसेका सबै भयौँ ढुस्
पावर देख बार्दलीको सबै भए बेलुन झै फुस् फुस् फुस् ।
देउवा ढेउवा एकै ड्याङ्गमा प्रचण्ड छन् ह्याङमा
आसपासका सबैलाई फालिदिन्छु झ्याङमा ।
ढुस् ढुस् ढुस् खाउँला भनी बसेका सबै भयौँ ढुस्
पावर देख बार्दलीको सबै भए बेलुन झै फुस् फुस् फुस् ।
बाबुरामको विचल्ली भो रामचन्द्रको राष्ट्रपति ढुस्
आँ गरेको काङ्ग्रेसले खाने भो पाँच वर्ष भुस ।
ढुस् ढुस् ढुस् खाउँला भनी बसेका सबै भयौँ ढुस्
पावर देख बार्दलीको सबै भए बेलुन झै फुस् फुस् फुस् ।
(युवा वर्ग लक्षित गरी र्याप शैलीमा गाउने उद्देश्यले केएमसी कलेज, काठमाडाैंमा अध्यापनरत पाेखरेलले याे रचना तयार पार्नुभएकाे हाे ।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij