२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

आगजनीले सर्वोच्च अदालतको डाटा सेन्टर ध्वस्त, न्यायिक प्रक्रिया ठप्प

आगजनीले सर्वोच्च अदालतको डाटा सेन्टर ध्वस्त, न्यायिक प्रक्रिया ठप्प

  • बुधबार, भाद्र २५ २०८२

काठमाडौँ । मंगलबार सर्वोच्च अदालतमा भएको आगजनीले अभिलेख शाखासहित डाटा सेन्टर पूर्ण रूपमा नष्ट भएको छ। यस घटनाले २४ हजारभन्दा बढी मुद्दाका फाइल खरानी बनेका छन्।

सर्वोच्च अदालत मात्र नभई काठमाडौं जिल्ला अदालत र विशेष अदालत पनि प्रदर्शनकारीको निशानामा परेका थिए। सर्वोच्च अदालतको एक अधिकारीका अनुसार, “डाटा सेन्टरसँगै हेटौँडास्थित ब्याकअप सर्वर पनि आक्रमणमा परेकोले सबै अभिलेख र सफ्टवेयर सेवा ठप्प भएका छन्। अब हाम्रो हातमा थोरै बचेका कागजपत्र बाहेक केही छैन।”

अदालतले मुद्दाको दर्ता, पेशी तोक्ने र सुनुवाइको सम्पूर्ण प्रक्रिया सफ्टवेयरमार्फत सञ्चालन गर्दै आएको थियो। तर, डाटा सेन्टर ध्वस्त भएपछि सर्वोच्चसहित उच्च र जिल्ला अदालतहरूमा मुद्दाको पेशी अनिश्चितकालीन समयका लागि स्थगित गरिएको छ। बुधबार सार्वजनिक गरिएको सूचनामा पनि अदालतले यही जानकारी दिएको छ।

एक न्यायाधीशले भने, “हामीले न्यायालयलाई क्रमशः डिजिटलाइज गर्दै मुद्दा दर्तादेखि फैसलासम्म अनलाइन प्रणालीमार्फत लैजाने तयारी गरेका थियौं। तर, आगजनीले सम्पूर्ण डाटा मेटिँदा अब नयाँ बाटो खोज्नुपर्ने चुनौती खडा भएको छ।”

अभिलेख नष्ट भएपछि पुराना मुद्दाको फाइलसमेत हराएको र निकट भविष्यमा न्यायिक प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा न्यायाधीश तथा सरोकारवालाबीच छलफल सुरु भएको सर्वोच्च स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij