काठमाडौं । काठमाडौँ उपत्यकामा शनिबारभन्दा आइतबार (आज) चिसो केही कम भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार २ डिग्री सेल्सियसमा झरेको काठमाडौँको न्यूनतम तापक्रम आज ४.५ डिग्री सेल्सियसमा उक्लिएको हो।
मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहानीपख पूर्वी हावा चलेकाले न्यूनतम तापक्रम केही बढेको हो।
‘पश्चिमी वायुले चिसो बढाउँछ भने पूर्वबाट चल्ने हावाले तापक्रम केही बढाउँछ’, उनले भने।
त्यसो त तापक्रम सधैँ एउटै गतिमा रहँदैन। थोरै कमबेसी भइरहन्छ।
‘तापक्रम एकोहोरो घट्यो भने त माइनसमा गइहाल्छ नि’, मौसमविद् लामिछानेले भने, ‘तापक्रम सामान्य घटबढ भइरहन्छ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij