२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

गरिमा विकास बैंकको वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने 

गरिमा विकास बैंकको वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने 

  • बिहिबार, कार्तिक २७ २०८३

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ। आगामी २०८३ मंसिर ५ गते, शनिबार काठमाडौंमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ।

स्वस्थ जीवनशैलीको प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि र धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले वि.सं. २०८१ सालदेखि यस प्रतियोगिताको सुरुवात गरेको हो। यस वर्षको प्रतियोगितामा खुला र कर्पोरेट गरी दुई विधामा करिब १ हजार ५ सय धावकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। खुलातर्फ महिला तथा पुरुष दुवै समूहका लागि १० किलोमिटर र कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका लागि ५ किलोमिटर दूरी निर्धारण गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई आकर्षक नगद पुरस्कार र दौड पूरा गर्नेहरूका लागि मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ। खुलातर्फका विजेताहरूलाई ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, कर्पोरेटतर्फका विजेताहरूलाई ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। खुलातर्फको दौड बालुवाटारबाट सुरु भई बूढानीलकण्ठसम्म पुगी पुनः बालुवाटारमै समाप्त हुनेछ भने कर्पोरेटतर्फको दौड बालुवाटारबाट बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर फर्किनेछ।

प्रतियोगितालाई व्यवस्थित बनाउन बैंकले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गरेको छ। इच्छुक धावकहरूले २०८३ कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म अनलाइनमार्फत १०० रुपैयाँ शुल्क तिरी नाम दर्ता गर्न सक्नेछन्। थप जानकारीका लागि बैंकको कल सेन्टर (०१-५९७०१७९) मा सम्पर्क गर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij