२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

यस्तो छ सरकारले सार्वजनिक गरेको बीआरआईसम्बन्धी सम्झौता (पूर्णपाठ)

यस्तो छ सरकारले सार्वजनिक गरेको बीआरआईसम्बन्धी सम्झौता (पूर्णपाठ)

काठमाडौं । सरकारले गत साता चीनसँग गरेको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअप्रेसन’ सम्झौता सार्वजनिक गरेको छ । नेपाल र चीनबीच प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआइ कार्यान्वयन सम्झौतापत्र सार्वजनिक भएको हो । परराष्ट्र मन्त्रालयले मंगलबार सम्झौताको कपी सार्वजनिक गरेको हो ।

सत्तारुढ कांग्रेसका केही नेतादेखि अमेरिकी विदेश सहायकमन्त्रीले समेत बीआरआई कार्यान्वयन सम्झौताका बुँदाहरु सार्वजनिक नभएको भन्दै पारदर्शिताको प्रश्न उठाएकोमा सरकारले सम्झौता सार्वजनिक गरेको हो ।

पाँच बुँदे सम्झौतामा यसका पृष्ठभूमि, दुई देशबीचको पारम्परिक सम्बन्धको व्याख्यादेखि बीआरआईअन्तर्गतका परियोजनाहरुको कार्यान्वयनका बारेमा उल्लेख छ ।

बीआरआई परियोजना विशुद्ध आर्थिक विकास र उन्नतिका लागि केन्द्रित रहेको सम्झौताका बुँदाहरुबाट बुझ्न सकिन्छ । विभिन्न परियोजनाको छनोटदेखि कार्यान्वयनका विषयहरु विस्तृतमा समेटिएको सम्झौतामा १० वटा आयोजनाहरुको उल्लेख छ ।

यस्तो छ सम्झौता पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij