कीर्तिपुर । कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार २० जनाको उम्मेदवारी परेको छ।
कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का डा. सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का डा. शिवशरण महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ।
यसैगरी, नेपाल समाजवादी पार्टीका दिल कुमार महर्जन, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जन, जनता समाजवादी पार्टीका दीपक महर्जन, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)का सुरेन्द्र मानन्धर र जनमत पार्टीका केशव श्रेष्ठले नगरप्रमुखमा उम्मेदवारी दर्ता गर्नुभएको छ।
स्वतन्त्र रुपमा डा. नवराज कुमार बाँनिया, राजमान महर्जन, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेम बहादुर महर्जन, दिनेश कुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, आनन्द महर्जन, नरेश राज पाण्डे र कवि कुमार महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij