काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि पोखरामा प्रदर्शन गर्दैछ। रास्वपाले मध्यान्ह १२ पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो।
सरकारले प्रशिशोध साँधेको भन्दै राजनीतिक प्रतिशोधका विरुद्ध आन्दोलन जारी राख्ने रास्वपाले जनाएको छ। विरोध कार्यक्रममा सहभागी हुन रास्वपाले नेता कार्यकर्तालाई आह्वान गरेको छ ।शनिबारदेखि आन्दोलनमा उत्रिएको रास्वपाले दिनहुँ विरोध कार्यक्रम गर्दै आएको छ।
जिल्ला प्रशासन कार्यालयले शहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय गैरापाटन आसपास निषेधाज्ञा जारी गरेपनि रास्वपाका कार्यकताले निषेधाज्ञा तोडेर आइतबार शहीदचोकमा प्रदर्शन गरेका थिए।
रविलाई आइतबार जिल्ला अदालत कास्कीले ६ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij