काठमाडौं । सुनको भाउले नयाँ किर्तिमान कायम गरेको छ।पछिल्लो समय लगातार उकालो लागि रहेको सुनको भाउ अहिलेसम्मको उच्च तोलाको १ लाख ६५ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सयले बढेर अहिलेसम्मकै महँगो एक लाख ६५ हजार पुगेको हो।यस अघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४सय मा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ।आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij