काठमाण्डौ । हिमालयन एभरेरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।
शुक्रबारदेखि लागु हुनेगरी कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो ।
बुधबार साँझ उक्त निर्णय गरिएकोमा नवनियुक्त सिईओ श्रेष्ठले सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले उनलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
यसअघि भदौ २७ गतेदेखि उनी उक्त इन्स्याेरेन्सकाे निमित्त सिईओ बनेकी थिइन् ।
यसअघि सिईओ रहेको विजयबहादुर शाहले असार १३ गते राजीनामा दिएपछि उक्त कम्पनी सिईओविहीन थियो । योसँगै तीन महिनादेखिको सिइओ रिक्तता अन्त्य भएको छ ।