काठमाडाैं । नेपालीहरूको महान चाडको पूर्वसन्ध्यामा आएको अविरल वर्षाका कारण जनधनमा ठूलो क्षति भएको प्रति दुख व्यक्त गर्दै नेपाल उद्याेग वाणिज्य संघ काठमाडाैंले विज्ञप्ति प्रकाशन गरेकाे छ ।
विज्ञप्तिमा अप्रत्यासित प्राकृतिक प्रकोपले नेपाली निजी क्षेत्रको व्यापार व्यवसायमा समेत गम्भीर आर्थिक क्षति पुगेको हुँदा, यस घटनाप्रति यस संघ गहिरो दुःख व्यक्त गर्नुका साथै संघ पीडित परिवारहरूप्रति हार्दिक समवेदना प्रकट गर्दै, क्षति व्यहोरिरहेका व्यवसायीहरूलाई आवश्यक राहत प्रदान गर्न सरकारसँग आग्रह गर्दछ भन्ने उल्लेख छ ।
साथै चाडपर्व पूर्व प्रभावित क्षेत्रहरूमा पुनर्निर्माण र पुनर्स्थापना कार्यहरूमा शीघ्र कदम चाल्नुपर्ने कुरामा समेत संघले सम्बन्धित निकायको सक्रियताको लागि ध्यानाकर्षण गराएकाे छ ।
स्मरण रहाेस्, अविरल बर्षाका कारण उपत्यकाका सबै जसो तल्लोभाग र काठमाडौँको दक्षिण भेगमा रिङ्गरोड पारी सबै जसो व्यापारीहरुको गोदाम घर हुनु र चाडका लागी आयातित वस्तुहरुमा थुप्रै क्षति पुगेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij