२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

दूधको हाहाकार हुने सम्भावना प्रबल: दाहाल

दूधको हाहाकार हुने सम्भावना प्रबल: दाहाल

प्रल्हाद दाहाल, महासचिव, नेपाल डेरी एसाेसिएसन

बजारमा यस बर्ष दूधको मात्रा कम छ । यसकारण बजारमा दूधको हाहाकार बढ्न सक्ने नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताएका छन् । भूकम्प पश्चात नेपालमा डेरी व्यवसाय शहरमुखी हुँदै गएको, नेपालमा काम गर्ने नेपालीहरु विदेश पलायन हुँदै गएका र अहिले सम्म पनि नेपालमा दूध उत्पादक किसानहरु आफूलाई मात्र पुग्ने किसिमले निर्वाहमुखी प्रणालीमा नै रहेको कारण नेपालमा पछिल्ला बर्षमा दूधको मात्रा घट्दै गएको दाहालको तर्क छ ।
बजारको मागको तुलनामा अहिले पनि दैनिक करिब ५०–६० हजार लिटर दूधको अभाव छ । दूधको माग बढी हुने गर्मी याममा नेपालमा दैनिक ३ लाख लिटर दूधको अभाव हुने सेतोघर सँगको कुराकानीमा दाहालले ठोकुवा गरेका छन् ।
विगत केही बर्ष पहिले सम्म नेपालमा कुनै बर्ष नेपालमा दूधको मात्रा बढी हुँदै आएको थियो भने कुनै बर्ष नेपालमा दूधको अभाव हुने अवस्था थियो । तर अधिक समय नेपालमा दूध बढी नभइ अभाव नै हुने गरेको छ ।

दूधको मूल्य बढ्ने ः

यस बर्ष दूधको मूल्य बढ्ने भएको छ । विगत २ बर्ष देखि नेपालमा दूधको मूल्य बढ्न नसकेको कुरालाई विचार गरेर यस बर्ष दूधको मूल्य वृद्धि हुने भएको छ । राज्यको नियन्त्रणमा रहेको नेपालको जनजिविकासँग प्रत्यक्ष सरोकार रहने क्षेत्र नै दूध भएको व्यवसायीहरुको दाबी छ । यस्तो अवस्थामा दूधको मूल्य बढ्नु रहर नभई परिस्थितिले श्रृजना गरेको बाध्यता हो । डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहाल भन्छन्, ‘दूध उत्पादनको निम्ति आवश्यक पर्ने उपकरणहरुको मूल्य बढेको छ, तेल, गाडीभाडा, कर्मचारीको तलब लगायतका सबै सम्बन्धित वस्तुको मूल्य बढेको अवस्था छ । यसले गर्दा किसानले दूध उत्पादन गर्ने क्रममा लागत पनि बढेको छ । यसै कुरालाई नै ख्याल गरेर राज्यले केही बर्ष पुःन मूल्य नबढ्ने गरी दूधकोे मूल्य बढाउनु जरुरी छ ।’
राष्ट्रिय दूग्ध विकास वोर्डका सदस्य समेत रहेका दाहाल दूधको मूल्य बढाउनको निम्ति निजी क्षेत्र र राष्ट्रिय दूग्ध विकास वोर्डको छलफलबाट दूधको मूल्य तोकिने बताएका छन् । अहिले नै दूधको मूल्य यत्ति नै बढ्छ भनेर भन्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij