काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि सञ्चालनमा रहेका फार्मेसीमा पनि डोजर चलाएको छ । महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि बिहीवार दिउँसो डोजर चलाएको हो ।
अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाएकोले डोजर चलाउनुपरेको महानगरपालिकाले जनाएको छ । फार्मेसी सञ्चालन भएका ठाउँ बगैँचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ । नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो ।
काठमाडौं महानगरपालिकाले गएको भदौ ६ गतेदेखि सडक मिचेर बनेका संरचना र पसललगायतका संरचना हटाउँदै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij