२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप

बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप

 

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । अब कम्पनीको हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

कम्पनीको भदौ ६ गतेदेखि शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २ गते बुक क्लोज गरिएको हुदाँ साउन १ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । आवेदकले मेरो शेयर सफ्टवेयरमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गरेको हकप्रद शेयरलाई केयर एनपी डबल बी प्लस आईएस रेटिङ दिइएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij