२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

राष्ट्रिय बीमा कम्पनीको सीईओमा बराल नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा बराल नियुक्त

 

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा शेखर बराल नियुक्त भएका छन् ।

बराल बीमा र बैंकिङ क्षेत्रमा २५ वर्ष भन्दा लामाे समयकाे अनुभव हासिल गरेका व्यक्ति हुन् ।

उनी ४ बर्षकाे लागि नियुक्त भएका हुन् ।

बरालसँग सुर्य लाइफ, लुम्बिनी जनरल र युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेको अनुभव छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेका बरालले त्रिभुवन विश्व बिद्यालयबाट एमबीए गरेका छन् ।

बरालले आइतबारदेखि नै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij