
काठमाडौं । पतञ्जली आयुर्वेद र आइएमई रेमिट बीच रेमिटेन्स साझेदारी सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।
सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रा.लि.का तर्फबाट निर्देशक डा. ऋषिकुमार र आइएमई इन्डियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गर्नुभएको छ ।
हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमका वीच मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो । समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परम पूज्य स्वामी रामदेवजीले यो साझेदारीले भारत–नेपाल वीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधाजनक एवं सहज माध्यम थपिएको बताउनुभयो ।
श्रद्धेय आचार्य बालकृष्ण जीलेयो साझेदारी पतञ्जली समूह र यसको संस्थाभरुवा सोलुसन प्रालिले प्रदानगर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गर्नुभयो । यो निर्बाध ग्राहक यात्राको लागि म आइएमई ग्रुपलाई धन्यवाद दिन चाहन्छु । साझेदारी घोषणा गर्न पाउँदा आफूलाई असाध्यै खुसी लागेको बताउँदै श्रद्धेय आचार्य बालकृष्ण जीले नेपाली दाजुभाइ तथा िददीबहिनीहरूले हाम्रो पतञ्जली केन्द्रहरू मार्फत नेपालमा रहँदै आउनुभएका आफ्ना परिवार, आफन्त र इष्टमित्रहरूलाई पैसा पठाउन सक्नेछन् भन्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रदेय आचार्य बालकृष्ण जीलेनेपालकापतञ्जली केन्द्रहरूबाट पनि रेमिटेन्स सेवा प्राप्त गर्न सकिने बताउनुभयो । बैंकको शाखा भ्रमणको बोझए वम् लामो आवेदनफारम भर्ने तनाववाकुनै औपचारिकता पुरा नगरी यस्तो सेवालिन सकिने आचार्य वालकृष्णले बताउनुभयो ।
हरेकवर्ष हजारौँ नेपालीविभिन्न कारणले भारतकाविभिन्नक्षेत्रमाप्रवेश गर्दछन्,जसमध्ये रोजगारी मुख्य कारण हो ।प्रत्येकभारतीय सहरमापतञ्जलीआयुर्वेदका आउटलेटहरू भएकालेतिनीहरू व्यापक रूपमापहुँचयोग्य छन । आउटलेटहरूमा सजिलो पहुँचको कारणभारतमाकार्यरत नेपालीहरूले पैसा पठाउने सेवाहरू प्रयोग गर्न कुनै पनि स्थानहरूमाजान सक्छन्।
विदेशमा बसोबास गर्ने धेरै नेपालीहरूले नेपालमा रेमिट्यान्स पठाउन आफ्नो मनपर्ने ब्राण्डको रूपमा आइएमईको प्रयोग गर्छन् । एक स्तरको विश्वासलाई कायम राख्न र बलियो बनाउन आइएमई इण्डियाले भारतको एक प्रतिष्ठित कम्पनी पतञ्जली आयुर्वेदसँग सहकार्य गरेको छ । यस सहकार्यको फलस्वरूप भारतमा बसोबास गर्ने नेपालीले अब नेपालमा रहेका आफ्ना परिवारलाई सहज रूपमा पैसा पठाउन सक्नेछन् र पठाएको रकम नेपालका आफन्तले आफ्नो बैंक खाता वा मोबाइल वालेटमा तुरुन्तै प्राप्तगर्न सक्नेछन् । नेपालभर विस्तारित संजाल भएको आइएमई पे वा आइएमई एजेन्टहरूबाट रेमिटेन्स प्राप्त गर्न सजिलो हुने विश्वास पतञ्जली आयुर्वेद र आइएमई इन्डिया लिएका छन् ।
कार्यक्रममा महामहिम राजदुत डा. शंकर शर्मा, पतञ्जली आयुर्वेद, पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका उच्च पदस्थ कर्मचारीहरू आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइएमई लिमिटेडका निर्देशक सचिन ढकाल, आइएमई इन्डियाका उच्च पदस्थ कर्मचारीहरूलगायत इन्डियामा बसोबास गर्दै आउनुभएका नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij