
काठमाडौं । नेपाल बैंक लिमिटेडबाट आइपिओ भर्ने ग्राहकहरूले अबदेखि निःशुल्क रुपमा आइपिओ भर्न पाउने भएका छन् ।
बैंकका अनुसार बैंकका ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सि–आस्वा शुल्कमा पुरै छुट पाउने भएका छन्।
नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।नेपालभर २१९ शाखाहरू, १८६ एटिएम साथै ४९ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दैछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij