लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड (LICN) ले ८८.४५१६८% हकप्रद शेयर प्रस्ताव गरेको छ। नियामक निकाय बीमा समितिबाट जीवन बीमा कम्पनीहरुले आफ्नो चुक्ता पूँजी रु ५ अर्ब कायम गर्नुपर्ने निर्देशन दिए बमोजिम भाद्र १३ गते बसेको संचालक समितिको ११९औं बैठकले सो सम्बन्धी निर्णय गरेको हो।
इन्स्योरेन्सले १९औं बार्षिक साधारण सभाबाट कायम भएको चुक्ता पूँजी रु २ अर्ब ६५ करोड ३२ लाखको ८८.४५१६८% ले हुने अर्थात १ : ०.८८४५१६८ को अनुपातले हुने रु २ अर्ब ३४ करोड ६८ लाख बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो।
उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत भई आगामी साधारण सभाले अनुमोदन गरेपश्च्यात मात्र जारी गरिनेछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij