२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जर सहमति

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जर सहमति

 

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । सोमबार साँझ दुई कम्पनीबीच मर्जरमा जाने प्ररम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवारले बताए ।

मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेनसका तर्फबाट रतनलाल केडिया र पिर्मियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाल सिद्धार्थको चुक्तापूँजी एक अर्ब २८ करोड ८० लाख रुपैयाँ र पि्रमियरको एक अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) सम्पत्ती र दायित्वको विस्तृत मुल्यांकन (डीडीए) पछि तया हुने उनले बताए ।

बिमा समितिले यहि वैशाखमा निर्जीवन बिमा कम्पनीको चुक्ता पूँजी १ अर्बबाट बढाएर साढे २ अर्ब र निजन बिमा कम्पनीका चुक्ता पूँजी २ अर्बबाट बढाएर ५ अर्ब पुर्‍याउने निर्णय गरेको थियो । उक्त पूँजी वृद्धिको लागि २०८० चैत मसान्तसम्म्को समय दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij