२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

स्वदेशी उपभोक्ता लक्षित ‘डोको’ चिया, पिउन स्वादिलो स्वास्थ्यमा लाभकर

स्वदेशी उपभोक्ता लक्षित ‘डोको’ चिया, पिउन स्वादिलो स्वास्थ्यमा लाभकर

सुमित श्रेष्ठ, प्रबन्धक, डोको मल्टिप्रपोज प्रा.लि

डोको मल्टिप्रपोज प्रा.लि.बाट भर्खर मात्र बजारमा आएको चियाको नयाँ ब्राण्ड हो डोको टि । इलाम जिल्लाबाट विगत लामो समय देखि अर्थोडक्स चिया उत्पादन गर्दै आएको यस कम्पनीले भर्खरै सम्पन्न नेपाल चेम्बर अफ कमर्सले भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शनी मेलामा समेत सहभागिता जनाएको थियो । उक्त मेलामा आफूहरुले उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको कम्पनीका प्रबन्धक सुमित श्रेष्ठ बताउँछन् । आगामी दिनमा आफूहरुले ग्राहकको चाहना बमोजिम डोको मल्टिप्रपोज कम्पनी मार्फत अदुवा, अलैंची, चिज, खुर्सानी लगायतका वस्तुहरु पनि स्वदेशी बजारमा ब्राण्डिङको योजनामा रहेका कम्पनीका प्रबन्धक सुमित श्रेष्ठ बताउँछन् । डोको चिया पहिलो पटक सन् २०१६ मा उत्पादन भएपनि कोरोनाको कारण यसलाई हाल सम्म राम्रोसँग प्रवर्द्धन गर्न भने सकिएको थिएन ।

पछिल्लो समय नेपालको अर्थतन्त्र आयातमुखी बन्दै गएको छ । यस्तो स्थितिले हाम्रो अवस्था अझ कमजोर बनाउँदै लैजान्छ । यसकारण सम्भव रहे सम्म स्वदेशी उत्पादनलाई नै उपभोग गर्ने नीतिलाई राज्य पक्षले पनि अवलम्बन गर्नुपर्छ ।

चिया व्यवसाय सुमित श्रेष्ठको पारिवारिक व्यवसाय हो । जुन व्यवसाय हजुरबुबाको पाला देखि नै सञ्चालनमा रहँदै आएको छ । यस परिवारकै व्यवस्थापनमा हाल ३ ओटा चिया उद्योगहरु सञ्चालनमा रहँदै आएका छन् । साथै आफूहरुले उत्पादन गरेको चिया मूलतः हाल सम्म नेपाल बाहिर नै निर्यात हुँदै आएको छ ।

अहिले सम्म नेपाली अर्थोडक्स चिया पिउने प्रचलन नेपालमा नरहेको स्थितिलाई लक्षित गरी चियाको आन्तरिक बजार प्रवद्र्धनको उद्देश्यले नै आफूहरुले नयाँ उत्पादनको रुपमा ‘डोको’ ब्राण्डमा चिया स्वदेशी बजारमा पस्किएको श्रेष्ठले बताए ।

सुमित श्रेष्ठ चिया व्यवसायमा मात्र क्रियाशिल छैनन् । उनी विगत लामो समय देखि हाइड्रोपोनिक्स प्रविधि (माटो बिनाको उत्पादन)मा पनि क्रियाशिल रहँदै आएका छन् । पछिल्लो समय शहरी क्षेत्रमा माटो समेत पाउन सहज नभएको स्थिति र न्यून लागतमा उत्पादन गर्न सकिने कारण माटो बिना उत्पादन हुने जमरा खेती प्रणाली (हाइड्रोपोनिक्स) तर्फ मानिसहरुको आकर्षण निकै नै वृद्धि भएको श्रेष्ठ बताउँछन् । आफूले काठमाडौं उपत्यकामा मात्र नभई अन्य शहरहरुमा पनि विभिन्न प्रजातिका तरकारी उत्पादनको लागि हाइड्रोपोनिक्स प्रविधिको इन्स्टलमेन्ट गराएको श्रेष्ठले बताए ।

महत्व बुझाउनु नै मुख्य चुनौतीः
लामो समय इलामबाट आफूहरुले चिया उत्पादन एवं संकलन गरी नेपाल भन्दा बाहिर (मूलतः भारतमा) चिया निर्यात गर्दै आएका आएका श्रेष्ठ गुणस्तरीय चियालाई स्वदेशी बजारमा समेत प्रवद्र्धन गर्नुपर्ने आवश्यकता महसुस गरेर नेपाली बजारमा अलग स्वाद, बासना र आकर्षक प्याकेजिङ सहित डोको ब्राण्डमा अर्थोडक्स चिया उत्पादन गरेका हुन् ।

खासगरी हाल सम्म नेपाली बजारमा दानादार सिटिसि चियाको प्रचलन रहँदै आएको र दूध र चिनी सहित पकाइएको चिया पिउने बानी परेका नेपालीहरुलाई दूध र चिनी बिना नै अर्थोडक्स चिया पिउनु स्वास्थ्यको लागि बढी लाभकर रहने कुरा बुझाउन नै आफूहरुको लागि ठूलो चुनौतीको विषय भएको उनी बताउँछन् ।

चिया उत्पादन क्षेत्रमा श्रेष्ठ परिवार
सुमित श्रेष्ठको परिवारको नेतृत्वमा अहिले तारागाउँ टि स्टेट र सिद्धेश्वर टि स्टेट सञ्चालनमा रहँदै आएका छन् । तारागाउँ टि स्टेट सञ्चालनमा आएको करिब १० बर्ष भयो । यसैगरी सन् २०२० बाट सिद्धेश्वर टि स्टेट पनि सञ्चालनमा आएको हो । हाल तारागाउँ टि स्टेटबाट उत्पादित चिया करिब २ लाख ८० हजार किलो बराबरको परिमाणमा भारतीय बजारमा चिया निर्यात हुँदै आएको छ । यसरी नै सिद्धेश्वर टि स्टेटबाट बार्षिक रुपमा ८० हजार किलो बराबरको चिया भारत निर्यात हुँदै आएको छ ।

नेपालमा उत्पादन हुने चिया मध्ये राम्रो गुणस्तर सहित सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । इलाम जिल्लामा पनि सबैभन्दा बढी चिया सूर्योदय नगरपालिकामा उत्पादन हुने गर्छ । डोको चिया पनि इलामको सूर्योदयबाटै उत्पादन हुँदै आएको छ

चियाका फाइदा
चियाको नियमित सेवन स्वास्थ्यको लागि निकै नै लाभदायक मानिन्छ । यद्यपि हामीले कस्तो चिया कसरी लिइरहेका छौं भन्ने विषय भने निकै महत्वपूर्ण हुने गर्छ । अहिले बजारमा विभिन्न नाम, गुणस्तर र भेराइटिजका चियाहरु उपलब्ध छन् । चियामा विशेषतः एन्टिअक्सिडेन्ट तत्वहरु पाइने गर्छन् । यसको अलावा चियामा मोटोपन घटाउने तत्वहरु पनि उपलब्ध हुन्छन् । चियालाई सामान्यतया तुरुन्तै ताजापन उत्पन्न गराई आफू संलग्न रहेको कामलाई सम्पन्न गर्न थप ऊर्जा दिने पदार्थको रुपमा त हामी अधिकांशले बुझ्दै आइरहेका पनि छौं । यसको अलावा रोग प्रतिरोधात्मक क्षमता पनि चियामा उच्च मात्रामा रहने गर्छ । यी विभिन्न कारणहरुले गर्दा चिया पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक मान्न सकिन्छ ।

चिया उत्पादनको मुख्य केन्द्र नै इलाम
नेपालमा उत्पादन हुने चिया मध्ये राम्रो गुणस्तर सहित सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । इलाम जिल्लामा पनि सबैभन्दा बढी चिया सूर्योदय नगरपालिकामा उत्पादन हुने गर्छ । डोको चिया पनि इलामको सूर्योदयबाटै उत्पादन हुँदै आएको छ । हाल यस कम्पनीले अहिले ग्रिन टि, ब्ल्याक टि (डार्क, मिडियम र लाइट) लगायत विभिन्न भेराइटिजका चियाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

नेपालमा उत्पादित चियाको मूल्य
नेपाली समुदायमा बढी प्रचलनमा रहेको सिटिसी दानादार चियाको मूल्य अर्डोडक्सको तुलनामा केही सस्तो छ । नेपाली बजारमा उपलब्ध रहँदै आएको सिटिसि चिया कम उचाई रहेको झापाका चिया बगानको अलावा सिलिगुडी, आछाम लगायतका ठाउँबाट समेत भित्रिने गरेको छ । तराईको कम उचाईमा उत्पादन हुने चियाको तुलनामा पहाडी (बढी उचाई रहेको) भूभागमा उत्पादित चिया स्वास्थ्यको लागि बढी महत्वपूर्ण हुने गर्छ । यसको अलावा चिया उत्पादनमा प्रयोग हुने पदार्थ एवं प्रविधिको आधारमा समेत चियालाई विभिन्न ग्रेडमा वर्गिकरण गरिँदै आइएको छ । सोही ग्रेड बमोजिम नै चियाको मूल्य निर्धारण हुने गर्छ । अहिले नेपाली बजारमा उत्पादन हुने चिया प्रतिकिलो ५–७ सय रुपियाँ देखि ५–१० हजार रुपियाँ सम्ममा समेत बिक्री हुने गरेका छन् ।

अर्थोडक्स चिया किन महँगो छ ?
सिटिसी चियाको लागि हरियो पत्ती किन्न लागत कम पर्ने गर्छ । जसबाट उत्पादनको अन्तिम लागत पनि सस्तो नै हुने गर्छ । त्यसको तुलनामा अर्थोडक्स चियाको लागि शुरुमा नै उच्च लागत पर्ने गर्छ । यसको गुणस्तर र स्वाद दुवै उच्चस्तरीय हुने गर्छ ।

नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरुमा सिटिसी चियाको प्रचलन बढी रहनुमा अर्थोडक्स चिया केही महँगो हुनुलाई पनि एउटा कारणको रुपमा लिन सकिन्छ । नेपालमा अहिले सम्म दूध र चिनी राखेर चिया पिउँदा स्वास्थ्यलाई प्रतिकूल असर पर्छ भन्ने कुरा नेपाली उपभोक्ताहरुले बुझ्न नसकेको स्थिति समेत छ ।

किसानलाई राम्रो मूल्य दिएका छौं
राम्रो गुणस्तरको चिया पत्ति उपलब्ध हुन सकेको खण्डमा हामीले किसानलाई उचित मूल्य प्रदान गर्दै आएका छौं । अहिलेको अवस्थामा हामीले किसानले हामीलाई उपलब्ध गराएको चियाको गुणस्तरको आधारमा नै चियाको मूल्य प्रदान गर्दै आएका छौं । सरकारले तोकेको न्यूनतम ४० रुपियाँ भन्दा बढी मूल्यमा नै हामीले चियाका पत्ति किन्ने गरेका छौं ।

अन्त्यमा
पछिल्लो समय नेपालको अर्थतन्त्र आयातमुखी बन्दै गएको छ । यस्तो स्थितिले हाम्रो अवस्था अझ कमजोर बनाउँदै लैजान्छ । यसकारण सम्भव रहे सम्म स्वदेशी उत्पादनलाई नै उपभोग गर्ने नीतिलाई राज्य पक्षले पनि अवलम्बन गर्नुपर्छ । यसबारे नागरिकहरुलाई पनि सचेत गरउनु जरुरी छ । साथै स्वदेशमा सम्भव हुने चिया लगायतका वस्तुहरुलाइ हामीले बढी महत्व दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij