काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँको २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता निष्काशन तथा बिक्री खुला गर्ने छ ।
आईपीओ निष्काशन गर्न अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
हाइड्रोपावरको बिक्री प्रबन्धकको रुपमा सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
कम्पनीले कास्कीमा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर निर्माण गरिरहेको छ । २ अर्ब २७ करोड ३० लाख रुपैयाँ लागत रहेको आयोजनाको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भईसेकेको छ । कम्पनीको प्रतिमेगावाट लागत १९ करोड १० लाख रुपैयाँ छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij