२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सगरमाथा इन्स्योरेन्सको २०% बोनस लाभांश घोषणा

सगरमाथा इन्स्योरेन्सको २०% बोनस लाभांश घोषणा

सगरमाथा इन्स्योरेन्स लिमिटेड (SIC) ले आर्थिक बर्ष २०७७/७८ को लागि शेयरधनीहरुलाई २०% बोनस शेयर र १.०५२६३% नगद लाभांश (कर प्रायोजनार्थ) गरी कुल २१.०५२६३% लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मिति २०७८ फागुन १२ गते बिहिवार अपरान्ह ३:१५ बजे बसेको संचालक समितिको ३१०औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१ अर्ब ११ करोड १३ लाख ५७ हजारको २०% अर्थात रु.२२ करोड २२ लाख ७१ हजार ४ सय बराबरको बोनस शेयर तथा तथा १.०५२६३% अर्थात रु.१ करोड १६ लाख ९८ हजार ४ सय ७७.१९ बराबरको नगद लाभांश (कर प्रायोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij