२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

जीवन विकास लघुवित्तको ७३.६८% लाभांश प्रस्ताव

जीवन विकास लघुवित्तको ७३.६८% लाभांश प्रस्ताव

 

जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेड (JBLB) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७०% बोनस तथा ३.६८% नगद लाभांश गरी कुल ७३.६८% लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मिति २०७८ फागुन ७ गते दिनको १ बजे बसेको संचालक समितिको ५६औं बैठकले आ. व. २०७७/७८ सम्मको वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई चुक्ता पूँजी रु. ६० करोड ८४ लाख को ७०% अर्थात रु.४२ करोड ५८ लाख ८० हजार बराबरको बोनस तथा ३.६८% अर्थात रु.२ करोड २४ लाख १४ हजार ७ सय ३६.८४ बराबरको नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात् मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij