
एअर कन्डिसनर (एसी) उत्पादन र बिक्रीमा पायोनियर मानिने ‘ग्री’ को विशेष शोरूम खुलेको छ । ‘ग्री’ को एसी आयातकर्ता कम्पनी कि कन्सेप्ट नेपालले पुतलीसडकस्थित न्यूप्लाजामा नेपालकै पहिलो शोरूम खोलेको हो । अब ‘ग्री’ को एसी खरिद गर्न चाहने ग्राहकहरूले शोरूमबाटै सुविधा लिनसक्ने कि कन्सेप्टले जानकारी दिएको छ ।
‘ग्री’ विश्वकै अग्रणी एअर कन्डिसनर ब्राण्ड हो । व्यवसायिक र आवासीय दुवै प्रकारका एसी उत्पादन गर्ने ‘ग्री’ आवासीयतर्फ विश्वकै पहिलो नम्बरमा पर्छ । चीनमा मात्रै ‘ग्री’ का ११ वटा उत्पादन प्लान्ट छन् । पाकिस्तान र ब्राजिलमा पनि ‘ग्री’ ले उत्पादन प्लान्ट खोलेको छ ।
नेपालमा कि कन्सेप्टले २० वर्षदेखि ‘ग्री’ उत्पादित एसी बिक्री गर्दै आएको छ । यसअघि ‘ग्री’ एसीको नेपालस्थित एकल आधिकारिक बिक्रेता कि कन्सेप्टले डिलर नेटवर्कमार्फत एसी बिक्री गर्दै आएको थियो । नेपालमा मात्रै ‘ग्री’ का एसी २५ हजार थान बिक्री हुने गरेको कि कन्सेप्टले जानकारी दिएको छ ।
अब न्यूप्लाजास्थित देशकै पहिलो शोरूमबाट ग्राहकहरूले ‘ग्री’ का एसी उत्पादनबारे पूर्ण जानकारी लिन र खरिद गर्न सक्ने सुविधा मिलाइएको कि कन्सेप्टका महाप्रबन्धक चन्द्र बस्नेतले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij