
आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड (ACLBSL) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई २१% बोनस लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मिति २०७८ माघ २५ गते अपरान्ह ७:३० बजे बजे बसेको संचालक समितिको ११४औं बैठकले आ. व. २०७७/७८ सम्मको वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु.२८ करोड ६७ लाख ६३ हजार १ सय ४८ को २१% अर्थात रु.६ करोड २ लाख २० हजार २ सय ६१ बराबरको बोनस लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसै आ. व. मा साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोले हाल कायम रहेको चुक्ता पूंजी रु.३० करोड ६९ लाख १ सय ४८ मा समेत समायोजन गरी लाभांश प्रदान गरिने छ।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij