२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

थप २७ प्रकारका वस्तु आयातमा राष्ट्र बैंककाे कडाइ

थप २७ प्रकारका वस्तु आयातमा राष्ट्र बैंककाे कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप २७ प्रकारका वस्तुको आयातमा कडाइ गरेको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले यसअघिको सूचनामा थप संशोधन गर्दै आयातमा कडाइ गरिएका वस्तु प्रकार चार दर्जन पुर्याएको हो ।

बुधबार राष्ट्र बैंकले गेडागुडी, पिठो, पिना, कपडा, मेटल, ड्राइ फ्रुटसहितका थप २७ प्रकारका वस्तु आयातमा कडाइ गरेको हो । बढ्दो आयात र घट्दो रेमिट्यान्स लगायतका कारण विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि यस्तो व्यवस्थाम गरिएको केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अनलाइनखबरलाई जानकारी दिए ।

विदेशी विनिमय सञ्चितिमा मुलुक दबाबमा पर्‍यो, यसअघिको बाहेक थप २७ वस्तुको आयातमा कम्तीमा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको छौं,’ प्रवक्ता डा. भट्टले भने ।

राष्ट्र बैंकको नयाँ सूचनाअनुसार अब आयातकर्ताहरुले यस अघिका तीन सय प्रकारका वस्तुबाहेक थप ४७ प्रकारका माल वस्तु आयातमा नगद मार्जिन राख्नु पर्नेछ । चार प्रकारका वस्तुमा ५० प्रतिशत र बाँकी ४३ प्रकारका वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था भएको छ । यसअघि २० प्रकारका वस्तुमा मात्रै नगद मार्जिन लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij