नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘गज्जब ६ मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ।
न्यूनतम १० हजार रुपैयाँमा जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने यो खातामा मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने बैंकले उल्लेख गरेको छ।
सो खाता खोल्दा निःशुल्क क्रेडिट कार्डका साथै साँवा तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिने विशेष योजना छ। मुद्दतीमा निक्षेप राखेर आकर्षक ब्याज लिन चाहनेलाई यो योजनाले आकर्षित गर्ने देखिएको छ।
भविष्यमा आइपर्ने आर्थिक व्ययभार, औषधी उपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी सिद्ध हुने बैंकले जनाएको छ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक ‘२०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij