
नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) को १ बराबर १ (१:१) अर्थात १००% हकप्रद शेयर निष्काशन मिति २०७८ पौष ७ देखि खुल्ला हुने भएको छ।
बैंकले हाल कायम चुक्ता पूंजी रु.१३ करोड १२ लाख ३३ हजार ८ सयको १००% अर्थात रु.१३ करोड १२ लाख ३३ हजार ८ सय बराबर हुन आउने १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
निष्काशन मिति २०७८ पौष २७ गते बैंकिङ्ग समय पश्च्यात बन्द रहने छ भने शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।
यस्तै, बैंकको हकप्रद शेयर निष्काशनको लागि २०७८ मंसिर २४ गते १ दिन शेयरधनी दाखिल खारेज बन्द रहने छ।
तसर्थ, मिति २०७८ मंसिर २३ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई नियमानुसार सि. डि. एस. एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई यस संस्थाको शेयर दर्ता किताबमा कायम हुन आएका शेयरधनीहरुले मात्र बैंकको हकप्रदमा आवेदन दिन पाउने छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij