
मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १८.५०% लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मिति २०७८ कार्तिक १२ गते दिउँसो १:०० बजे बसेको संचालक समितिको २६०औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु. ४ अर्ब ८१ करोड १५ लाख ५० हजार ८०३.१८ को १७.५७५% ले हुने रु. ८४ करोड ५६ लाख ३० हजार ५४ बराबरको बोनस शेयर र प्रस्तावित बोनस शेयरको कर प्रायोजनार्थ ०.९२५% ले हुने रु. ४ करोड ४५ लाख ६ हजार ८४४.९ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij