२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बैंकबाट अधिकतम १२ करोड शेयर धितो कर्जा लिन पाईने व्यवस्था कार्यान्वयनतर्फ

बैंकबाट अधिकतम १२ करोड शेयर धितो कर्जा लिन पाईने व्यवस्था कार्यान्वयनतर्फ

 

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त “क“, ख” र “ग” वर्गका बैंक तथा वित्तिय संस्था हरुलाई एकीकृतित निर्देशन, २०७७ लाई संशोधन/परिमार्जन/थप गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको छ। श्रावण अन्तिम साता २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले मौद्रिक नितीको कार्यान्वयन स्वोरुप यो निर्देशन जारी गरेको हो।

निर्देशन अनुसार मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम रु.४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु.१२ करोड कायम गरिएको छ।

यो निर्देशन जारी हुनु पूर्व (मिति २०७८ भाद्र ८) कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ।

यस्तै, बैंक तथा वित्तिय संस्थाहरुले कायम गर्नु पर्ने कर्जा–निक्षेप अनुपात (Credit – Deposit Ratio – CD Ratio) को अधिकतम सीमा ९०% तोकिएको छ। यस प्रयोजनको लागि पूंजी कोष र पूंजी  कोषको अङ्गको रुपमा रहेको ऋणपत्र वाहेकका ऋणपत्र, १ वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रामा लिएको ऋण तथा यस बैंकबाट प्रदान गरिएको पुनरकर्जा रकमलाई निक्षेपको रुपमा गणना गर्न सकिने भएको छ। ऋणपत्र पूंजी  कोषको अङ्गको रुपमा रहने वा नरहने सम्बन्धमा इजाजतपत्र प्राप्त संस्थाले ऋणपत्र जारी गर्दाकै बखत तोक्नु पर्नेछ। यो निर्देशन जारी हुनुपूर्व जारी भएका ऋणपत्रको हकमा भने इजाजतपत्र प्राप्त संस्था २०७९ असार मसान्त सम्मको लागि निक्षेपको रुपमा समेत गणना गर्न सक्नेछन्। यस व्यवस्था अनुसार कर्जा-निक्षेप अनुपात (CD Ratio) तोकिएको भन्दा बढी भएमा बैंक वित्तिय संस्थाहरुले क्रमिक रुपमा घटाई २०७९ असार मसान्तभित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्नेछ।

त्यस्तै, करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा (SLF) दर ५% लाई पनि यथावत राखिएको छ भने व्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई १% बाट वृद्धि गरी २% र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ३% बाट वृद्धि गरी ३.५% कायम गरिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij