काठमाडौँ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी सेवा आज माघ २५ गतेदेखि आइफोनका सबै सिरिजका सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ।
यसअघि यो सेवा आइफोन फाइभ सिरिजका सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो। आजदेखि ६, ६ प्लस, ७ र ७ प्लसका सेटहरुमा पनि सेवा प्रयोग गर्न सकिने भएको छ।
नेपाल टेलिकमले सेवा सञ्चालन आरम्भ गर्नु अगावै एप्पल कम्पनीका सबै मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले आगामी मार्च महिनादेखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो।
फोरजी सेवा सञ्चालन भइसके पछि पनि आइफोनका केही सिरिजहरुमा सेवा प्रयोग गर्न नपाउँदा ग्राहकहरुलाई मर्का परेको महसुस गरी नेपाल टेलिकमले निरन्तर कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीको निर्धारित समय अगावै बेटा भर्सन रिलिज गरी आइफोनका सबै सेटहरुमा फोरजी सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिदिएको टेलिकमले जनाएको छ।
कसरी चल्ने बनाउने?
आइफोन ६, ६ प्लस, ७ र ७ प्लसका सेटमा फोरजी सञ्चालन गर्न एप्पलको वेबसाइट https://beta.apple.com मा उपलब्ध निर्देशन अनुसार आफ्नो फोनको ब्याकअप प्रोफाइल डाउनलोड गर्नुपर्ने हुन्छ। त्यसपछि General >Setting>Software update मा गई Beta Version download गर्न सकिन्छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij