२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

औषधी व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच सम्झौता

औषधी व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच सम्झौता

 

नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का बीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ ।

यही चैत २० गते भएको एक कार्यक्रम विच उक्त संझौता सम्पन्न भएको हो ।

कार्यक्रममा आफ्ना मन्तव्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयाँलले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाईदाहरुबारे जानकारी गराउँदै औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गर्नुभयो ।

शुक्रबार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह विच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले हस्ताक्षर गर्नुभयो ।

उक्त कार्यक्रमा बोल्दै नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी विच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबद्र्घनमा उल्लेख्य टेवा पुग्ने कुरा बताउनुभयो ।

प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पार्नुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij