
काठमाडौँ –नेपाल सुनचाँदी व्यवसायी महासंघले केही दिन यता सुनको मूल्य निरन्तर ओरालो लागिरहेकाे बताएकाे छ । महासंघका अनुसार छापावाला सुन शुक्रबार ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियाे ।
आइतबार उक्त मूल्यमा तीन सय रुपैयाँले गिरावट आइ प्रति तोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरेहकको छ।
उता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेकाे छ । आज चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij