
काठमाडौं । काठमाडौं उपत्यकामा विषेधाज्ञा जारी गरेको पहिलो दिन आज बैंक तथा वित्रीय संस्थाहरु बन्द भएका छन् । प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि आज (भदौ ४ गते) उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाका कार्यालय बन्द हुने भएका हुन् ।
बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको र अनावश्यक झन्झट दिएको भन्दै बैंकर्स संघले बिहीबारको लागि उपत्यकाका सबै शाखाहरु बन्द गर्न आह्वान गरेको छ ।
सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवा अन्तरगत राखेको छ र हामीले सरकारकै सहमतिमा खोल्न लागेको हो । तर प्रहरीले बाटोमै कर्मचारीलाई दुःख दिएपछि बैंक खोल्न सक्ने अवस्था रहेन’ दाहालले भने ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij