
काठमाडौं । हिजो स्थिर रहेको सुनको भाउ आज घटेको छ । आज सुन तोलाको एक हजार ६ सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन तोलाको ९८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij